२०२१ मा कहिले कहिले लाग्नेछ गुरु र शुक्र अस्त, सम्पूर्ण मांगलिक कार्य हुनेछ निषेध !

हाम्रो सनातन धर्ममा हरेक कार्यको लागि अभीष्ट मुहूर्त निर्धारित हुन्छ। त्यस्तै, केहि अवधि यस्ता पनि हुन्छन् जुन समयमा कुनै पनि प्रकारको शुभ कार्य गर्न निषेध हुन्छ। यस अवधिमा सबै शुभ कार्य जस्तै विवाह, व्रतबन्ध, गृह प्रवेश, घर निर्माण आदि कार्य वर्चित हुन्छन्। शुभ एवम मांगलिक मुहूर्त निर्धारण गर्दा गुरु र शुक्रको ताराहरूको उदित स्वरूप हुनु धेरै महत्त्वपूर्ण हुन्छ।

गुरु र शुक्रको तारा अस्त हुँदा कुनै पनि प्रकारका शुभ तथा मांगलिक कार्यको मुहूर्त हुँदैन। जान्नुहोस् वर्ष २०२१ मा कहिले कहिले गुरु र शुक्र अस्त हुनेछ…

गुरु अस्त अवधि 

२०७७ पुष शक्ल पक्ष चतुर्थी तिथिको दिन अर्थात् आइतबार १७ जनावरी २०२१ को दिनबाट गुरुको तारा अस्त हुनेछ र माघ शुक्ल पक्ष द्वितीया दिनांक १३ फेब्रुवरी २०२१ शनिबारको दिन उदय हुनेछ।

शुक्र अस्त अवधि 

२०७७ माघ शुक्ल पक्ष तृतीया दिनांक १४ फेब्रुवरी २०२१ आइतबारको दिन शुक्रको तारा अस्त हुनेछ र २०७८ चैत्र शुक्ल पक्ष षष्ठी दिनांक १८ अप्रिल २०२१ आइतबारको दिन उदय हुनेछ।

वर्ष २०२१ को उपर्युक्त अवधिभर गुरु तथा शुक्र अस्तको कारण सबै शुभ तथा मांगलिक कार्य निषेध गरिनेछ।

प्रकाशित : शनिबार, पुष ०४, २०७७१७:२३

राशि अनुसार जान्नुहोस २०२१ मा कुन रङ्ग तपाईको लागि लक्की साबित हुनेछ !