बालुवाटारमा प्रचण्ड, ओलीले भेट्न मानेनन् !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेका छन्। आइतबार बसेको मन्त्रिपरिषदको बैठकबाट प्रधानमन्त्री ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र चलिरहेको अन्तरिक कलह साम्य नहुने अवस्था देखेपछि प्रधानमन्त्री ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बुझिएको छ।

संसद विघटन गर्नु अगाडी ओलीले शनिबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। शनिबारको भेटका क्रममा ओलीले पार्टीमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न प्रचण्डलाई प्रस्ताव गरेका थिए। तर, प्रचण्डले ओलीको प्रस्ताव अस्विकार गरेका थिए।

ओलीले प्रचण्डलाई भेट्न मानेनन्

सरकारले संसद विघटनको सिफारिस गरेपछि ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका छन्। प्रधानमन्त्री ओलीसँग कुरा गर्न प्रचण्ड बिहानै बालुवाटार पुगे पनि ओलीले समय नदिएको प्रचण्ड निकट श्रोतले जनाएको छ।

श्रोतका अनुसार प्रचण्ड अहिले पनि बालुवाटारमै छन्।

 

प्रकाशित : आइतबार, पुष ०५, २०७७११:१२

ओलीले संविधानको धज्जी उडाएको बाबुरामको आरोप, सबैतिरबाट प्रतिबाद गर्न आह्वान !