२०२१ मा यी राशिमा रहनेछ शनिको साढे साती, जान्नुहोस् !

ज्योतिष शस्त्रका अनुसार सबै ग्रह मध्ये शनि सबैभन्दा ढिलो चाल चल्ने ग्रह हो। शनिदेव साढे दुई वर्षको अन्तरालमा एक राशिबाट अर्को राशिमा सर्छ। यस प्राकरले शनि एउटा राशिमा फेरी आउनको लागि ३० वर्षको समय लाग्छ। जब शनि कुनै राशिमा गोचर गर्छ तब उक्त राशिमा साढे साती लाग्छ।

२०२१ मा शनि 

सन् २०२१ मा शनि मकरमा रहनेछ। शनि मकर राशिमा १८ जनावरी २०२३ सम्म रहन्छ। मकर राशि शनिको स्वामित्व रहेको राशि हो। २०२० जनावरी २४ मा शनि धनु राशिबाट मकर राशिमा प्रवेश गरेको थियो।

शनिको साढे साती र छाया

जब शनि कुनै राशिमा गोचर हुन्छ, साढे दुई वर्षसम्म उक्त राशिमा रहन्छ। ज्योतिषीय शास्त्रका अनुसार जब चन्द्र राशिबाट १२ औं भाव, पहिलो वा दोस्रो भावबाट निस्किन्छ, त्यो अवधिलाई शनिको साढे साती भनिन्छ। त्यस्तै, जब शनि राशिको चौंथो र आठौँ भावमा रहन्छ भने त्यसलाई शनिको छाया भनिन्छ।

२०२१ मा धनु, मकर र कुम्भ राशिमा रहनेछ शनिको साढेसाती

यस समयमा शनि आफ्नै स्वामित्व रहको मकर राशिमा छ र २०२१ मा पनि यहि राशिमा रहनेछ। यस कारणले धनु, मकर र कुम्भ राशिको मानिसमा शनिको साढे साती रहनेछ।

२०२१ मा शनिको छाया मिथुन र तुला राशिमा 

मिथुन राशि र तुला राशिमा २०२१ मा शनिको छाया रहनेछ। शनिको छाया एक राशिमा साढे सात वर्ष र अर्कोमा १६ वर्षमा आउँछ। राशि क्रममा शनि अवस्थित राशिबाट पहिलोबाट चौंथो र अन्तिमबाट छैठौ राशिमा शनिको छाया रहन्छ।

प्रकाशित : मङ्गलबार, असोज ०५, २०७८१६:४१

तुला राशिमा बुध, कुन राशिलाई कस्तो प्रभाव ? हेर्नुहोस् !