ओलीले संसद विघटन गरेपछि बामदेवको कडा विज्ञप्ती ! [विज्ञप्ती सहित]

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कडाको कडा निन्दा गरेका छन्।  प्रधानमन्त्री ओलीको सिफारिशमा राष्टपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि एक विज्ञप्ति जारी गर्दै गौतमले कडा निन्दा गरेका हुन्।

नेता गौतमले विज्ञप्ति मार्फत संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्टपतिबाट जारी गराउने गैरसंवैधानिक कदम ओलीबाट भएको आरोप लगाएका छन्।

सरकारको कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य र मान्यतालाई समाप्त पार्ने गौतमको भनाई छ।

“गत आम निर्वाचनबाट झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्टपतिबाट जारी गराउने गैरसंवैधानिक कदम गलत र भत्र्सना योग्य छ । यसद कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य र मान्यतालाई समाप्त पार्नेछ ।”,विज्ञप्ति जारी गर्दै गौतमले भनेका छन्।

प्रकाशित : आइतबार, पुष ०५, २०७७१६:०४

“पार्टी एकता भंग भयो”