“केपी ओली र विद्या भण्डारीलाई बधाई”

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter's Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीलाई बधाई दिएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी वैशाख १७ र २७ गते मध्यावधी चुनाव गर्ने घोषणा गरेपछि सामाजिक संजाल मार्फत प्रतिक्रिया जनाउँदै झाँक्रीले ओली र भण्डारीलाई बधाई दिएकी हुन्।

कम्युनिष्ट आन्दोलन समाप्त पारेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीलाई झाँक्रीको बधाई छ। साथै लोकतान्त्रिक गणतन्त्रको लागि एकपटक फेरी लड्नुपर्ने समय पनि आएको झाँक्रीले सामाजिक संजालमा उल्लेख गरेकी छन्।

“आउनुस लोकतान्त्रिक गणतन्त्रका लागि एक पटक फेरि लडौं । केपी ओली र विद्या भण्डारीलाई बधाई दिउँ कम्यूनिष्ट आन्दोलन समाप्त गरेकोमा ।”,फेसबुकमा झाँक्रीले लेखेकी छन्। झाँक्रीले अर्को एक स्ट्याटस लेख्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीलाई खलपात्रको संज्ञा पनि दिएकी छन्।

“यो भन्दा मर्माहत हुने क्षण अरू के हुनसक्छ ? हामीले लडेर ल्याएको ब्यवस्थामा बागको छालामा स्यालको रजाई गरेका थिए यिनीहरूले । बधाई छ विद्या र केपी ओलीलाई ।”,फेसबुकमा झाँक्रीले थप लेखेकी छन्।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्ले संसद विघटन गर्न सिफारिस गरेको थियो। ओलीले उठाएको उक्त कदमको सर्वत्र आलोचना भएको थियो भने राष्ट्रपतिले उक्त कदम रोक्ने अनुमान गरिएको थियो। तर, ओलीको कदमलाई राष्ट्रपतिले समेत साथ दिएपछि यति बेला सत्तारुढ नेकपाका धेरै नेता र प्रतिपक्षि दलका नेताहरु आक्रोशित बनिरहेको अवस्था छ।

प्रकाशित : आइतबार, पुष ०५, २०७७१७:०३

“विद्यादेवी भण्डारी नेपाली जनताका राष्ट्रपति रहिनन्, ओली ग्याङकी सदस्य मात्र रहिन”