काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैशाखमा निर्वाचन नहुने दावी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघठन गरी वैशाख १७ र २७ गते मध्यावधी चुनाव गर्ने घोषणा गरेको अवस्थामा भट्टराईले ट्वीटर मार्फत वैशाखमा निर्वाचन नहुने बताएका हुन्।
प्रधानमन्त्रीले संसद विघठन गरिसके पश्चात देश अँध्यारो सुरूङमा फसिसकेको भट्टराईको भनाई छ। संवैधानिक र कानुनी उपचारको झिनो आशा रहे पनि भर भने गर्न नसकिने पनि भट्टराईले बताएका छन्।
“वैशाखमा चुनाव हुनेवाला छैन। देश अँध्यारो सुरूङमा फसिसक्यो। संवैधानिक र कानुनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।”,भट्टराईले ट्वीटरमा लेखेका छन्।
ओलीले उठाएको कदमलाई संगठित/एकिकृत/सशक्त जनप्रतिरोध र प्रतिनिधिसभाको बैठकबाट उपचार गरिनुपर्ने भट्टराईको भनाई छ। साथै भट्टराईले ओलीलाई विगतमा जनताले राजालाई हटाएजस्तै जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गरेर हटाउनुपर्ने पनि बताएका छन्।
भट्टराईले ट्वीट गर्दै भनेका छन्,”दिगो उपचार राजनीतिक नै हो:१.संगठित/एकिकृत/सशक्त जनप्रतिरोध;२.प्रतिनिधिसभाको बैठक( जनतामा निहित सार्वभौमसत्ताको प्रयोग;हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)”
बैशाखमा चुनाव हुनेवाला छैन।देश अॅध्यारो सुरूंगमा फसिस्क्यो।संवैधानिक/कानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।दिगो उपचार राजनीतिक नै हो:१.संगठित/एकिकृत/सशक्त जनप्रतिरोध;२.प्रतिनिधिसभाको बैठक( जनतामा निहित सार्वभौमसत्ताको प्रयोग;हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)
— Baburam Bhattarai (@brb1954) December 21, 2020