काठमाडौँ : २४ डिसेम्बर यानि पौष ९ मा मङ्गल आफ्नै राशि मेषमा आउनेछ। यो भन्दा अघि यो ग्रह ४ अक्टोबर(असोज १८) देखि मीन राशिमा थियो। अब आगामी २ महिनासम्म मङ्गल मेष राशिमा नै रहनेछ। त्यसपछि २२ फेब्रुअरी(फागुन १०) वृषमा जानेछ। ज्योतिषाचार्यका अनुसार मङ्गल आफ्नै राशिमा आउँदा देशको पश्चिमी र उत्तरी हिस्सामा हल्का वर्षा र हिमपात हुने आशंका गरिएको छ। यस बाहेक अरु केही ठाउँहरुमा वर्षा हुन् सक्छ। साथै देशमा महँगी बढ्ने योग छ। केही दुर्घटना पनि हुन् सक्छ। देशमा तनाव र उत्पात बढ्ने आशंका छ। देशको पश्चिमी तथा पूर्वी भागमा छिटपुट हिँसा तथा विरोध बढ्न सक्छ।
८१ दिनसम्म रहनेछ आफ्नै राशिमा
सामान्यतया: मङ्गल ग्रहले ४५ दिनमा राशि बदल्छ। तर यस पटक ८१ दिनसम्म आफ्नै राशि मेषमा रहनेछ। यस अघि १६ अगस्ट(साउन ३२) मा मङ्गल मेष राशिमा आएको थियो। त्यसपछि ४ अक्टोबरमा एक राशि पछाडी यानी मीनमा गएको थियो। अब २४ डिसेम्बरमा फेरि पनि मेषमा आउनेछ। अनि २२ फेब्रुअरीमा वृष राशिमा पुग्नेछ।
वृश्चिक र कुम्भ राशिको लागि शुभ
मङ्गलको राशि परिवर्तन हुँदा वृश्चिक राशिका मानिसको योजना पूरा हुन् सक्छ। यस राशिका मानिसले आफ्नो जब र बिजनेसमा भरपूर फाइदा उठाउनेछन्। अचानक धन लाभको योग पनि बनेको छ। दुश्मनमाथि विजय प्राप्त हुनेछ। लामो दूरीको शुभ यात्रा हुने योग छ। त्यस्तै कुम्भ राशिका मानिसहरुको खर्चमा कमी आउन सक्छ। बचत बढ्नेछ। सरकारी जागिरेहरुका लागि लाभदायक समय रहनेछ। चल-अचल सम्पत्तिको खरिद-बिक्री हुन् सक्छ। भाग्य साथ दिनेछ। मेहनत र पराक्रम पनि बढ्नेछ।
अशुभ कर्कट, तुला, धनु र मीन
कर्कट राशिका मानिसका लागि मङ्गलको राशि परिवर्तन ठिक मानिदैन। यस राशि वालाको कामकाजमा रोकावट आउन सक्छ। मानसिक तनाव बढ्नेछ। कामकाजमा मन लाग्ने छैन। सम्पत्तिसम्बन्धी मामिलाहरुमा सावधान रहनुपर्नेछ। त्यस्तै मङ्गलको कारण तुला राशिका मानिसका दाम्पत्य जीवनमा खटपट आउन सक्छ। दिनहुँ गरिने कामकाजमा रोकावट आउने आशंका छ। स्वास्थ्य सम्बन्धी समस्या पनि हुन् सक्छ। ऋण लिने योग छ। त्यस्तै, धनु राशिका मानिसहरुका योजना अधूरो नै रहन सक्छ। टाढा स्थानमा यात्रा हुने योग बनेको छ। यस्तो यात्रामा खर्च पनि हुन् सक्छ। मेहनतको फल कम नै पाउनुहुनेछ। यी राशि बाहेक मीन राशिका मानिसहरु पनि आफूलाई अल सम्हालेर हिड्नुपर्ने हुन्छ। यस राशिका मानिसको बचत गरेर राखेको पैसा खर्च हुन् सक्छ। रिसमा भनेका कुराले नोक्सान पुर्याउन सक्छ। गुप्त कुराहरु उजागर हुन् सक्छन्। भाग्यको साथ पनि मिल्दैन।
मिल्दो-जुल्दो फल : मेष, वृष, मिथुन, सिंह, कन्या र मकर
मङ्गलको राशि परिवर्तनले मेष राशिका मानिसको लागि मिश्रित फल दिनेछ। यस राशिका मानिसले दैनिक गरिने काममा बढी मेहनत गर्नुपर्नेछ। साथ मेहनतको फाईदा पनि मिल्नेछ। वृष राशिका मानिसका लागि यात्राको योग बनिरहेको छ। मङ्गलको कारण स्वास्थ्य सम्बन्धी समस्या हुनुको साथै दुश्मनमाथि जित पनि मिल्नेछ। ऋण सम्बन्धी काम पूरा हुन् सक्छ। मङ्गलको प्रभावले मिथुन राशि वालाको योजना पूरा हुन् सक्छ। धन लाभको योग बन्ने छ। तर मेहनत बढ्नेछ र कामकाजमा पनि रोकावट आउन सक्छ। सिंह राशिका मानिसले मेहनतको फल पाउनेछन्। चल-अचल सम्पत्ति सम्बन्धी रोकिएका कामहरु पूरा हुनेछन्। तर खर्च र दौडधूप पनि बढ्न सक्छ। कन्या राशिका मानिसले सोचविचार गरेर बोल्नु पर्नेछ। गोप्य राजहरु खोलिन सक्छन्। तर सम्पत्ति सम्बधी मामिलामा फाईदा मिल्न सक्छ। धन लाभको पनि योग बनेको छ। मकर राशि मानिसको खर्च बढ्न सक्छ। नोकरी या बिजनेस गर्ने मानिसले अझ धेरै मिहिनेत गर्नुपर्नेछ। सम्पत्ति सम्बन्धी रोकिएका कामहरु तुरुनातई पूरा हुने योग छ।