“अब दुई सय सांसदसहित अदालत गएर हामी जिउँदै छौँ भन्ने हो”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु सर्वोच्च अदालत जाने बताएका छन्।

सोमबार बानेश्वरमा प्रचण्ड-माधवकुमार नेपाल निकट सांसदहरूको संसदीय दलको बैठकमा बोल्ने क्रममा सर्वोच्च अदालत पुगेर संसद जिउँदै रहेको जानकारी गराइने बताएका हुन्। संसदीय दलको बैठकमा बोल्दै प्रचण्डले प्रतिनिधि सभा जिवित रहेको प्रमाणका रूपमा सर्वोच्च जाने विकल्प आफूहरुसँग रहेको प्रचण्डले बताए।

“अब हामी पनि झन्डै दुई सय जनाको जुलुस लिएर सर्वोच्च अदालत गयौं भने अदालतले पनि भन्नेछ- सांसदहरू जिउँदै रहेछन् अनि संसद जीवित रहेछ।’,उनले भने।

यस्तै प्रचण्डले प्रधानमन्त्री ओलीमा छल र बेइमानी कल्पना गर्न सक्नेभन्दा बढी रहेको पनि बताएका छन्। पार्टीको स्थायी कमिटीमा संवैधानिक नियुक्ति गरेको छैन भनेर ओलीले छल गरेको र त्यस्ता छलहरु ओलीले भित्र-भित्रै गरेको प्रचण्डले आरोप लगाए।

प्रधानमन्त्री ओलीलाई संसद् विघटन गर्ने कुनै अधिकार नभएको उनको भनाई छ। ओलीले असंवैधानिक गतिविधि गरेको अध्यक्ष प्रचण्डले आरोप लगाए।

“गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले संसद स्थगित गरेपछि जुन अवस्था सिर्जना भयो। हामीले त्यही हेरेर संविधानमा संसद् विघटनको अप्सन नै राखेनौँ। तर, प्रधानमन्त्री ओलीले संविधानको उल्लंघन गर्नुभयो।”,उनले भने।

सरकारको संरक्षक र राष्ट्रको परिपालकको रुपमा राष्ट्रपतिको संस्था राखिएको भएपनि राष्ट्रपतिले कानुनविपरीत गैरसंवैधानिक र गैरराजनीतिक कार्य गरेको पनि प्रचण्डले बताए।

“सरकारको संरक्षक र राष्ट्रको परिपालकको रुपमा राष्ट्रपतिको संस्था राख्यौँ। तर, त्यो संस्थाले पनि कानुनविपरीत गैरसंवैधानिक र गैरराजनीतिक रुपमा सिफारिस गर्नुभयो। त्यो निन्दनीय छ।”,उनले भने।

प्रकाशित : सोमबार, पुष ०६, २०७७१९:१०

नेकपा फुटेको घोषणा हुँदै ! को-कसको पक्षमा ? हेर्नुहोस् नामावली सहित !