“मलाई गोलको कुनै लोभ छैन”

सोमबार बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई रेकर्ड सातौँ पटक पिचिची अवार्ड हस्तान्तरण गरियो। यससँगै उनी लालिगा इतिहास मै सबैभन्दा बढी पटक यो अवार्ड जित्ने खेलाडी बनेका छन्। उक्त कार्यक्रममा बोल्दै मेस्सीले यो वर्ष भने लिगका सबैभन्दा धेरै गोल गर्ने लक्ष्य नभएर लालिगा उपाधि जित्ने चाहना रहेको बताए।

लेजेण्डरी एथलेटिक खेलाडी राफेल मोरेनो अरन्जादीको नाममा समर्पित पिचिची स्पेनको शीर्ष लिगको उच्च गोलकर्तालाई वार्षिक रूपमा हस्तान्तरण गरिन्छ। उपाधि होडबाट बाहिर देखिएको बार्सिलोनालाई यो वर्ष लालिगा जिताउने आफ्नो प्रमुख लक्ष्य रहेको मेस्सीले बताए।

आठौँ पिचिचीको बारेमा प्रश्न गर्दा मेस्सीले भने,”मलाई थाहा छैन, न त म यसको बारेमा सोच्दै छु, यो त्यस्तो चीज हो जसको बारेमा न त म चिन्तित छु वा चिन्ता गर्छु”, मेस्सीले मार्कालाई पछिल्लो पुरस्कार पाएपछि भने।

उनले आफूले पिचिची भन्दा पनि लालिगा उपाधि जित्न चाहेको जिकिर गरे। उनले भने,””म पिचिची अवार्ड भन्दा लिगा जित्न रुचाउँछु, र हामी त्यसैको लागि लडिरहेका छौं।”

मेस्सीले यो सिजन आफूले चाहेको जस्तो नतिजा प्राप्त गर्न नसकेको पनि स्वीकार गरे। तर बार्सिलोना उत्कृष्ट क्लब रह्रेको र बिस्तारै बलियो हुँदै आउने उनले विश्वास रहेका छन्।

शिर्ष स्थानमा रहेका रियल र एथ्लेटिको म्याड्रिड भन्दा ८ अंक पछि रहेको बार्सिलोनाले आफ्नो अर्को खेल बुधबार राति रियल भालाडोलिडसँग उसकै घरेलु मैदानमा खेल्नेछ।

प्रकाशित : मङ्गलबार, पुष ०७, २०७७१९:४५

घरेलु मैदानमा युभेन्टसको लज्जास्पद हार