काठमाडौँ : यदि देश-देशान्तर घुम्ने हो भने थुप्रै अचम्मलाग्दा कुराहरु देख्न तथा सुन्न पाइन्छ। केही रीति-रिवाजले अचम्मित पार्छ भने केही मान्यताहरु पनि तीन छक्क पार्ने खालका हुन्छन्, तिनको कुनै तार्किक प्रमाण नै हुँदैन। ती परम्परा तथा मान्यताले समाजमा बलियोगरी जरा गाडेर बसेको हुन्छ ।
गाउँघरमा रहँदाखेरी तपाईले सानैदेखि सुन्दै आउनुभएको होला कि कराईमा खाना खानुहुँदैन। यदि कुनै पनि केटा या केटीले कराईमा खाना खाएमा तिनको विवाहमा पानी पर्ने र उत्पात हुने जनविश्वास छ। यस मान्यतामा कति सत्यता छ त्यसबारेमा खास जानकारी त हामीले पाएका छैनौँ तैपनि जसरी मानिसले यस कुरामा विश्वास गरिरहेका छन् त्यसले सोच्न बाध्य भने जरुर बनाउँछ।
यसबारेमा गहन अध्ययन गर्दै जाँदा यो सरसफाईसँग अधिक सम्बन्धित छ। प्राचीन कालमा प्राय: खाना बनाउनेले सबैभन्दा पछि खान्थे। महिलाहरुले पनि सबैलाई खुवाएपछि अन्तिममा बाँकी भएका खाना खान्थे। यस्तोबेला उनीहरु थकित भईसकेका हुन्छन् र हतारमा कराईमा सबैथोक हालेर खान्थे। अधिकांस घरका महिलाहरु यस्तै गर्थे, जसको कारण स्वास्थ्यमा समस्या पैदा हुन्थ्यो। कराई फलामको बनेको हुन्थ्यो, जुन पूर्ण रुपमा सफा गर्न पहिले त्यति सजिलो थिएन। जसरी आजकल बजारमा भाँडाकुडाहरु सफा गर्ने पाउडर, साबुन या लिक्विड उपलब्ध छन् त्यतिबेला त्यस्तो सुविधा थिएन। पहिले सामान्यतया: भाँडा माझ्न खरानीको प्रयोग गरिन्थ्यो। र साथै कोइलाको पनि प्रयोग हुन्थ्यो। तर जुठो फलामको कराई बाहिरबाट जति सफा देखे पनि भित्र यानि आन्तरिक रुपबाट त्यति सफा हुन्न थियो। जसको कारण कराईमा खाना खानै रोक लगाए।
एउटा कुरा हामी सबैलाई ज्ञात भएकै कुरा हो क इ कुनै पनि कुरामा निशेष तब लगाउन सकिन्छ जब त्यस पछाडी कुनै कानुन, मान्यता, धार्मिक संस्कार या भय जोडिन्छ अन्यता त्यसलाई बन्देज लगाउन मुश्किल हुन्छ। यसकारण यस्तो व्यक्तिगत स्वास्थ्य सम्बन्धी नियम लागू गर्नको लागि कुनै न कुनै मान्यता या धर्मको सहारा लिइएको छ। यस्तै कुरा कराईमा खाना खान हुन्न भन्ने कुरामा पनि जोडिएको छ।