“हामीले पदको लागि हानाथाप गरेका होइनौं”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले मंगलबार बालुवाटारमा भएको ओलीपक्षको बैठकलाई गुट भेलाको संज्ञा दिएका छन्।

मंगलबार दिउँसो बबरमहलस्थित एक पार्टी प्यालेसमा बसेको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता नेपालले बालुवाटारमा बसेको बैठक केन्द्रीय कमिटी बैठक नभई गुट भेला रहेको बताए। नेता नेपालले पार्टीमा सबैभन्दा ठूलो केन्द्रीय कमिटी हुने उनको भनाई छ।

“केन्द्रीय कमिटी सबैभन्दा ठूलो हो। त्योभन्दा माथि कोही हुनेवाला छैन। बालुवाटारको गुट भेला हो पार्टी केन्द्रीय कमिटी बैठक होइन।”,नेता नेपालले भने।

यस्तै नेपालले पार्टी भित्रको विवाद पदका लागि नरहेको पनि स्पष्ट पारेका छन्। पार्टीलाई कस्तो बनाउने र पार्टीलाई कसरी अगाडी बढाउने भन्ने विषयमा विवाद उत्पन्न भएको उनको भनाई छ।

आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियम र अनुशासनमा बस्न आग्रह गर्दा घेराबन्दीमा आरोप लगाएको नेता नेपालले पार्टीका नेताहरु सामू बताए।

“पदको हानाथाप होइन, कस्तो पार्टी बनाउने भन्ने विवाद हो। नियम र अनुशासनमा बस्नुपर्छ भन्ने कुरालाई उहाँ (केपी ओली) ले घेराबन्दी भन्न थाल्नुभयो ।”,उनले भने। सरकारको काम कारवाहीमा आफूहरुले हस्तक्षेप नगरेको र गर्नु हुँदैन भन्ने ग्यान आफूहरुलाई भएको उनको भनाई छ।

नियुक्तिहरु, पार्टीका नीतिगत कुराहरु लागू गर्ने सवालमा पार्टीको निर्देशनलाई सरकारलाई मान्नु भएपछि ओलीले त्यस्तो नगरेको उनको आरोप छ। स्थायी कमिटी बैठकमा गरिएको निर्णयलाई समेत ओलीले पालना नगरेको उनले आरोप लगाए।

प्रकाशित : मङ्गलबार, पुष ०७, २०७७१५:२४

चिसोले पानी जम्दैह्वातै बढ्यो चिसो, खानेपानी पाइप र खोला तथा तालमा पानी जम्न थाले !