“केपी सरकार भंग भयो”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन नभएको दावी गरेका छन्।

मंगलबार बबरमहलमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले प्रतिनिधिसभा विघटन नभएको दावी गरेका हुन्।

अध्यक्ष प्रचण्डले संसद विघटन नभएको ओली सरकार विघटन भएको टिप्पणी गरे। प्रतिनिधिसभा भंग गर्न अगाडी सर्दा केपी शर्मा ओलीको सरकार नै भंग भएको उनले बताए।

“केपी सरकार भंग भयो। संसद भंग भएको छैन। संविधानतः संसद जीवित छ।”,आफू पक्षका केन्द्रीय सदस्यहरु समक्ष प्रचण्डले भने।

ओलीले संसद विघटन गरेको विषयलाई संविधानविद्हरुले समेत असंवैधानिक र अलोकतान्त्रिक भनेको प्रचण्डले बैठकमा सुनाए। संविधानमा नभएको अधिकार प्रयोग गरेको ओली सरकार विरुद्ध आफूहरु अदालत जाने प्रचण्डले बताए।

“संविधानविद्ले पनि त्यो कदम असंवैधानिक र अलोकतान्त्रिक नै छ भनेका छन्। विघटन भएको सरकार हो, संसद होइन भनेर हामी सर्वोच्च अदालतमा पनि जान्छौँ ।”,प्रचण्डले भने।

प्रचण्डले ओली कम्युनिस्ट विचारबाट च्यूत भएको र निरंकुश बन्दै गएको पनि प्रचण्डले आरोप लगाए।

प्रकाशित : मङ्गलबार, पुष ०७, २०७७१७:४४

महेश बस्नेतले भने – “प्रचण्डलाई बचाएर ओलीले गल्ती गर्नुभयो”