महेश बस्नेतले भने – “प्रचण्डलाई बचाएर ओलीले गल्ती गर्नुभयो”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महेश बस्नेतले पुष्पकमल दाहाल’प्रचण्ड’को उद्धार गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो भुल गरेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर युवा संघको भेलालाई जनकपुरधाममा सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले सकिसकेका प्रचण्डको उद्धार गरेर ओलीले ठूलो भूल गरेको बताएका हुन्।

बन्दुकको बलमा सत्तामा पुगेका माओवादी मरणासन्न भएको अवस्थामा प्रचण्डलाई केपी शर्मा ओलीले नै आइसियुमा राखेर जीवित बनाइदिएको नेता बस्नेतको टिप्पणी छ।

“ब’न्दुकको बलमा सत्तामा पुगेका माओवादी म’रणा’सन्न भएको अवस्थामा कमरेड केपी शर्मा ओलीले नै आइसियुमा राखेर फेरि जीवित बनाएका हुन्। अहिले आएर त्यही हाम्रा लागि भूल सावित भएको छ।”,नेता बस्नेतले भने।

दाहाल र नेपाललाई अप्रत्यक्ष रूपमा ‘जोकर’ भएको उनले सङ्केत गरे। पार्टीको निर्वाचित अध्यक्षलाई कारवाही गर्ने निर्णय गरेर प्रचण्ड-नेपाल चार्ली च्याप्लिन र धुर्मुुस सुन्तलीजस्तै भएको नेता बस्नेतले टिप्पणी गरे।

“निर्वाचित अध्यक्षलाई कारवाही गर्ने कुरा हाँस्यास्पद छ।”,उनले भने,”उहाँहरूको अवस्था चार्ली च्याप्लिन र धुर्मुुस सुन्तलीजस्तै भएको छ”

ओलीको समर्थनमा मोटरसाइकल र्‍याली

प्रदेश २ काे जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ। संसद विघटनको विरोधमा देशका विभिन्न स्थानमा ओलीको विरुद्धमा प्रदर्शन भइरहेका बेला जनकपुरमा ओलीको समर्थनमा प्रदर्शन भएको हो।

नेकपा निकट युवाहरुले प्रधानमन्त्री ओलीको समर्थनमा मोटरसाइकल र्‍याली निकालेका थियो। मोटरसाइकल र्‍यालीमा सहभागी युवाहरुले ओलीको समर्थनमा नाराबाजी गरेका थिए।

जनकपुरधाम उपमहानगरपालिकाको मुजेलियाबाट निकालिएको मोटरसाइकल र्‍याली नगरको विभिन्न भाग परिक्रमा गर्दै जनक चोकमा गएर टु‌ंगिएको युवा संघका नेता सञ्जिव झाले बताए।

प्रकाशित : मङ्गलबार, पुष ०७, २०७७१८:३९

अङ्ग्रेजी नयाँ वर्षमा पोखरा जाने पर्यटकलाई ५० प्रतिशत छुट !