एजेन्सी – ६ तला माथिबाट खसेका बालकलाई बचाइएको एक भिडियो सामाजिक संजालमा देखा परेको छ।
भिडियो दक्षिण पश्चिम चीन स्थिति छोङकुइङ नगरपालिकाको हो। त्यहाँ ६ तला माथिबाट खसेका ३ वर्षीय बालकलाई स्थानीयहरुको एक समुहले ब्ल्यांकेटको सहयोगमा बचाएका हुन्।
उक्त नाटकीय उद्धार नजिकैको एक भवानमा रहेका एक व्यक्तिले मोबाइलमा कैद गरेर सामाजिक संजालमा अपलोड गरेसँगै भाइरल भएको हो।
के छ भिडियोमा ?
भाइरल भएको भिडियोमा भवनको छैठौ तलाको बरण्डामा एक बालक झुन्डिरहेको देखिन्छन्। माथि जान धेरै कोशिस गरिरहेको भएता पनि बालक असफल भएको भिडियोमा देखिन्छ। हात चिप्लिए पछि उनी सिधै तल खस्छन्। त्यहि क्रममा स्थानीयहरुले तल फैलाइ रहेको ब्ल्यांकेटमा बालक पर्छन्।
ब्ल्यांकेटमा परेको कारण बालकलाई केहि भएन
बालक खस्ने अवस्था देखिएपछि स्थानीयहरुले ब्ल्यांकेट थपेको कारण बालकको ज्यान बच्न सकेको हो। बालकलाई खासै चोट नलागेको र उनी स्वास्थ्य रहेको स्थानीय संचार माध्यमहरुले जनाएका छन्।
चाइना स्टेट ब्रोडकास्टर(China state broadcaster CCTV) का अनुसार बालकका हजुर आमा घरायसी सामान किन्न बजार गएको समयमा बालक खेल्ने क्रममा बरण्डा सम्म पुगेर त्यहाँ अल्झिएका थिए।