काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानका मूलमर्म/आधारस्तम्भ बचाउन लाग्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी निर्वाचनको मिति समेत तय गरेको अवस्था पछि विकसित भएको घटनाक्रम बारे टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्वीटर मार्फत यस्तो बताएका हुन्।
सरकारले निर्वाचनमा जाने घोषणा गरेसँगै केहि पार्टीहरुले निर्वाचनमा जाने कुरालाई स्वागत गरेको अवस्था छ। यस विषयमा नेपाली कांग्रेस समेत विभाजित देखिएको छ। नेपाली कांग्रेसका केहि नेताहरु सरकारको कदमको प्रतिवाद गर्नुपर्ने मतमा छन् भने केहि निर्वाचनमा जानुपर्ने बताइरहेका छन्।
यसरी संसद विघटन गरेको विषयमा दलहरु बीच एकता नहुने देखिएपछि भट्टराईले ट्वीट गर्दै संविधानका मूलमर्म/आधारस्तम्भ बचाउन सके चुनाव लड्ने र सरकारमा जाने अवसर पछि पनि आउने बताएका हुन्। प्रधानमन्त्री-राष्ट्रपतिको कदम विरुद्ध नलडेर पछि हट्ने निर्णय आत्मघाती हुन सक्ने भट्टराईको बुझाई छ।
“संकटको बेला अर्जुनदृष्टि/एकलव्यध्येय/भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण हो । ओली-भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ ।”,भट्टराईको ट्वीट छ। संविधानका मूलमर्म/आधारस्तम्भ नबच्ने ‘न रहे बाँस न बजे बाँसुरी’को अवस्था आउने भट्टराईले ट्वीटरमा उल्लेख गरेका छन्।
भट्टराईले भनेका छन्,”संविधानका मूलमर्म/आधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहनेछ।नत्र न रहे बाँस न बजे बाँसुरी हुनेछ । सबैलाई चेतना भया ।”
संकटको वेला अर्जुनदृष्टि/एकलव्यध्येय/भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण हो।ओली-भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ।संविधानका मूलमर्म/आधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहनेछ।नत्र न रहे बाॅस न बजे बाॅसुरी हुनेछ। सबैलाई चेतना भया!
— Baburam Bhattarai (@brb1954) December 23, 2020