चिसोमा परफेक्ट मेकअप लुकको लागि मौनी रायबाट लिनुहोस् मेकअप टिप्स !

बलिउड अभिनेत्री मौनी रायलाई  आफ्नो अभिनयको साथसाथै सुन्दर लुकको कारण चिनिन्छ। मौनी राय फेशन वर्ल्डमा आफ्नो  स्टाइलिश आउटफिट्स र  मेकअपको लागि पनि चिनिन्छ। मौनी  रायको मेकअप प्राय: चर्चामा रहन्छ। नागिन फेम एक्ट्रेसलाई मेकअप गर्न निकै मनपर्छ। मेकअपमा उनलाई लिपस्टिक र लाइनर निकै मनपर्छ। यदि तपाई पनि मौनी राय जस्तै सुन्दर लुक चाहनुहुन्छ भने उनको मेकअप टिप्सलाई फलो गर्न सक्नुहुन्छ । थाहा पाउनुहोस स्टेप बाई स्टेप मेकअप टिप्स !

कन्टुरिङ(Contouring) आवश्यक


अनुहारमा  परफेक्ट ग्लो ल्याउनको लागि अभिनेत्री मौनी  राय कन्टुरिङ गर्छिन्। चीक बोन्समा कन्टुरिङ गर्नाले अनुहारमा ग्लो आउँछ । वेस्टर्न ड्रेस होस् वा ट्रेडिशनल मौनी राय सधैँ आफ्नो अनुहारमा कन्टुरिङ गर्छिन्। तपाई पनि सुन्दर लुकको लागि कन्टुरिङ गर्नुहोला।

ब्राउन स्मोकि आई मेकअप


मौनी राय प्राय आफ्नो फरक मेकअपको लागी चिनिन्छिन्।  ट्रेडिशनल लुक होस्  वा वेस्टर्न लुक  ब्राउन स्मोकि आई मेकअप  क्यारी गर्न सक्नुहुन्छ। स्मोकि आई मेकअपमा प्राय ब्ल्याक कलर आईश्याडोको प्रयोग गरिन्छ। छुट्टै लुकको लागि ब्राउन कलर पनि प्रयोग गर्न सक्नुहुन्छ। मौनी रायले रेड कलरको रफल सारीसँग स्मोकि आई मेकअप र रेड लिपस्टिक लगाएकी छन् ।

रेड लिपस्टिक


मौनी रायलाई  रेड लिपस्टिक लगाउन निकै मनपर्छ। तपाई पनि सुन्दर लुकको लागि रेड लिपस्टिक लगाउन सक्नुहुन्छ। मौनी रायले ब्ल्याक र व्हाइट वेस्टर्न ड्रेससँग रेड लिपस्टिक र ब्ल्याक  लाइनर लगाएकी छन्। तपाई पनि सुन्दर लुकको लागि मौनी रायको यस मेकअपलाई फलो गर्न सक्नुहुन्छ।

फाउन्डेशन


मौनी राय आफ्नो अनुहारमा परफेक्ट बेस बनाउनको लागी  फाउन्डेशन लगाउँछिन् । फाउन्डेशन लगाएपछि अभिनेत्री आइ  मेकअप गर्छिन् र त्यसपछि अनुहारमा  ब्लशरको प्रयोग गर्छिन्। ब्लशरको प्रयोग गरेपछि अभिनेत्री आफ्नो फाइनल लुकको लागी हाईलाइटरको प्रयोग गर्छिन्।  तपाई पनि सुन्दर लुकको  लागि मौनी रायको मेकअप टिप्स फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित : आइतबार, पुष १२, २०७७१३:४७

लोकप्रियतामा बलिउड अभिनेत्रीभन्दा कम छैनन् यी स्टारकिड्स !