कहिले पनि सफल हुँदैन यी राशि बीचको प्रेम सम्बन्ध, जानिराख्नुहोस् !

एक प्रेम सम्बन्ध सफल हुनको लागि दुबै प्रेमी बीच आपसी समझदारी तथा विश्वास हुन यन्त जरूरी हुन्छ। यदि दुई प्रेमी बीच वफादारी, विश्वास छैन भने त्यो सम्बन्ध धेरै टिक्न सक्दैन। तर केहि यस्ता राशि पनि हुन्छन् जुन राशिमा मानिस बीचको प्रेम कहिले पनि सफल हुँदैन।

जान्नुहोस् यी राशिका बारेमा….

मिथुन र मकर राशि 

मिथुन राशिका मानिस मकरको कुनै पनि कामलाई पूरा गरेर मात्र राहतको सास फेर्ने स्वभावले निकै प्रभावित हुन्छन्। जसको कारणले मिथुनका मानिस मकरका मानिसको जस्तै जीवनशैली बनाउँने प्रयास गर्छन्।

अर्कोतर्फ मकर राशिका मानिसलाई अरुको देखा सिकी गरेको फिटिक्कै मन पर्दैन। यस कारणले यी २ राशिका मानिस बीच कहिले पनि राम्रो सम्बन्ध रहन सक्दैन।

मेष र वृश्चिक राशि 

मेष राशिका मानिसले आफूले चाहेर पनि वृश्चिक राशिका मानिसलाई कुनै कुरा बुझाउन वा कुनै कुराका लागि मनाउन सक्दैनन्।

जसको कारणले गर्दा यी दुई बीचको प्रेम सम्बन्ध सफल हुन सक्दैन।

वृष र धनु राशि 

वृष राशिका मानिस अरुको कुरामा आएर आफ्नो निर्णय कहिले पनि परिवर्तन गर्दैनन्। अर्कोतर्फ धनु राशिका मानिस आफ्नो प्रेमीलाई आफू अनुसार परिवर्तन गर्न चाहन्छन्।

एउटा कुनै हालतमा परिवर्तन नहुने र अर्को परिवर्तन गर्न कोशिस गर्ने, यसै कारणले यी दुई राशिका मानिस बीचको प्रेम सम्बन्ध सफल हुन सक्दैन।

कर्कट र कुम्भ राशि 

कर्कट राशिका मानिसलाई झुट फिटिक्कै मनपर्दैन भने कुम्भ राशिका मानिस सम्बन्धमा धेरै पारादार्शिता राख्नुपर्छ भन्ने सिद्धान्तमा चल्दैनन्।

यसै कारणलो गर्दा पनि कर्कट र कुम्भ राशिका मानिस बीचको सम्बन्ध राम्रो हुन सक्दैन।

सिंह र मीन राशि 

एकान्तमा बस्न रुचाउने मीन राशिका मानिस प्राय: समय आफ्नै दुनियामा व्यस्त रहन मन पराउँछन्। तर सिंह राशिका मानिस भने प्रेममा आफ्नो भावना व्यक्त गर्ने मानिसलाई मन पराउँछन्।

यसै कारण यी दुई राशिबीच सम्बन्ध बनाउँन गाह्रो हुन्छ।

प्रकाशित : बिहिबार, पुष ०९, २०७७१०:३१

यस्ता गुण भएका युवती हुन्छन् निकै भाग्यशाली !