काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओलीपक्षले प्रदेशस्तरीय भेला र प्रशिक्षण संचालन गर्ने भएको छ। राजनीतिक रुपमा नेकपा विभाजित भएपछि ओलीपक्षले सातै प्रदेशमा भेला र प्रशिक्षण संचालन गर्ने भएको हो। त्यसको लागि ओलीपक्षले सातै प्रदेशको कमाण्डर समेत तोकेको छ।
प्रशिक्षणका लागि संयोजन गर्ने जिम्मेवारी सहित कमाण्डर तोकिएको ओलीपक्षका नेकपा प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार प्रदेशस्तरीय भेला र प्रशिक्षण संचालनको कार्य शुरु भइसकेको छ।
हरेक प्रदेशमा दुई दिनभित्र प्रशिक्षण सकाउन केन्द्रीय वक्ता र समन्वयकर्ता तोकिएको र सोहि अनुसार वक्ताहरु काममा खटिएको प्रवक्ता ज्ञवालीको भनाई छ।
ओली समूहले प्रदेश अनुसार तोकेको कमाण्डरको नामावली निम्न छ –
१. सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।
२. कर्णाली प्रदेश- शंकर पाेखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।
३. लुम्बिनी प्रदेश- विष्णुप्रसाद पाैडेल, शंकर पाेखरेल, मणिचन्द्र थापा र गाेमा देवकाेटा ।
४. गण्डकी प्रदेश- टाेपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पाैडेल ।
५. वागमती प्रदेश- ईश्वर पाेखरेल, टाेपबहादुर रायमाझी र पद्मा अर्याल ।
६. प्रदेश नं २. – ईश्वर पाेखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महताे ।
७. प्रदेश नं. १.- सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे ।