३५ वर्षको उमेरमा प्राय: फुटबल खेलाडीको खेल स्तरमा कमी आउँछ तर क्रिस्टियानो रोनाल्डोको केसमा भने क्लब र देश दुबैको प्रदर्शनमा कुनै गिरावट देखिएको छैन। सधैं नयाँ चुनौतीका भोका उनी जब फुटबल खेल्छन् गोल स्कोरिंग निकै सजिलो देखिन्छ। विगत एक दशकदेखि फुटबल जगतमा राज गरेका रोनाल्डोको नाममा अनगिन्ती किर्तिमान छन्। प्रत्येक सिजन जस्तै २०२० मा पनि उन्ले धेरै रेकर्डहरू तोडे।
यी हुन् २०२० मा रोनाल्डोले बनाएका रेकर्डहरू मध्य ५ रेकर्ड:
१. सबैभन्दा छिटो ५० सरी-ए गोल
यद्यपि पूर्व रियाल म्याड्रिड स्टारले इटालीमा अझै गोल्डेन बुट जित्ने बाँकी छ तर ५ पटकका ब्यालोन डी ओर विजेताले सेरी एमा सबैभन्दा छिटो गोलको अर्धशतक भने पूरेया गरिसके। उनी एन्ड्री शेभचेन्कोले मिलानको लागि ६८ खेलमा बनाएका उक्त रेकर्ड मात्र ६१ खेलमा तोड्न सफल भए। रोनाल्डोले युभेन्टसका लागि आफ्नो पहिलो सिजनमा २१ गोल गरे भने दोस्रो सिजनमा ३३ खेल खेल्दै ३१ गोल गरे।
२. युरोपको ३ लिगमा ५० वा सो भन्दा बढी गोल गर्ने पहिलो खेलाडी
२०२० मा सेरी एमा जुभेन्टसका लागि ५० गोल पूरा गरेसँगै रोनाल्डो युरोपको शीर्ष तीन लिगमा ५० गोल गर्ने फुटबलको इतिहासमा पहिलो खेलाडी बने।
३. सरी एमा ह्याट्रिक गर्ने पहिलो पोर्चुगिज खेलाडी
पछिल्लो सीजन क्यागलियरीको विरुद्धको खेलमा गरेको ह्याट्रिकसँगै रोनाल्डो सरी एमा क्यात्रिक गर्ने पहिलो पोर्चुगिज खेलाडी बने। यो भन्दा पहिले कुनै पनि पोर्चुगिज खेलाडीले सरी एमा ह्याट्रिक गरेका थिएनन्।
४. युभेन्टसका लागि एकै सिजनमा सबैभन्दा बढी गोल गर्ने खेलाडी
रोनाल्डोले अन्तिम सिजन युभेन्टसका लागि ३७ गोल गरे जुन ओल्ड लेडीको एकल सत्रमा सर्वाधिक गोल गर्ने रेकर्ड हो। त्यस क्रममा, उनले युभेन्टसका लागि एकै सिजनमा सर्वाधिक लिग गोल गर्ने रेकर्ड पनि बराबर गरे। रोनाल्डोले १९३३-३४ सत्रमा फेलिस बोरेलको गरेको ३१ लिग गोलको बराबर गरे।
५. लगातार ११ सरी ए खेलमा गोल गर्ने रेकर्ड
गत सिजन लगातार ११ सेरी ए खेलमा गोल गर्दै रोनाल्डोले ग्याब्रियल बाटिसटुटा र फाबियो क्वाग्लियरेलाले बनाएको रेकर्ड बराबर गरे। उनी ३ भिन्न प्रतियोगितामा लगातार ११ खेलमा गोल गर्ने पहिलो खेलाडी पनि बने। यसअघि उनले लालिगा र च्याम्पियन्स लिगमा पनि लगातार ११ खेलमा गोल गरिसकेका छन्।