पाँच दिनमै दुई बिहे, पोल खुलेपछि दुवैलाई छाडेर ‘टाप’ कसे !

एजेन्सी – भारत मध्य प्रदेश स्थित इन्दौरको एक अजिव घटना सार्वजनिक भएको छ। त्यो के भने त्यहाँ एक युवकले पाँच दिनको अन्तरालमा दुई विवाह गरेका छन्।

भारतीय संचार माध्यमहरुका अनुसार इन्दौरमा एक २६ वर्षीय सफ्टवेयर ईन्जिनियरले पाँच दिनको अन्तरालमा दुई विवाह गरेका हुन्। तर, युवकसँग पहिला विवाह भएकी युवतीका एक आफन्त युवकको दोस्रो विवाहमा सहभागी भएपछि घटनाको पर्दाफास भएको थियो।

खास के भएको थियो ?

इन्दौरको मुसाखेड़ी भन्ने ठाउँमा बस्ने एक २६ वर्षीय सफ्टवेयर ईन्जिनियरसँग एक युवतीको डिसेम्बर २ मा विवाह भएको थियो। उक्त विवाह मागी विवाह थियो।

विवाह भएको पाँच दिनपछि अर्थात डिसेम्बर ७ मा विवाह भएकी युवतीका एक आफन्त एक विवाहमा सहभागी हुन पुगे। ती आफन्तको होश त्यति बेला उड्यो जब उनले पाँच दिन अगाडी आफ्नी आफन्त पर्ने युवतीसँग विवाह भइसकेका युवकलाई त्यहाँ देखे।

प्रहरीका उजुरी

पिडित युवतीका परिवारजनले प्रहरीमा उजुरी दिएका छन्। विवाहमा १० लाख खर्च भएको र आफूहरुले धेरै दाइजो समेत दिएको उल्लेख गर्दै उनीहरुले ‘धोखाधडी’को उजुरी दर्ता गराएको बताइएको छ।

पिडित युवतीका अनुसार उनका पति घरबाट केहि दिनको लागि भन्दै घरबाट हिँडेका थिए। विशेष काम छ भन्दै घरबाट हिँडेका उनका पति खासमा दोस्रो विवाह गर्नको लागि पो हिंडेका रहेछन् भन्ने थाहा पाउँदा आफूले विश्वासै गर्न नसकेको युवतीको भनाई छ। प्रहरीमा उजुरी परेपनि आरोपी युवक अहिले सम्म फेला पर्न सकेका छैनन्।

प्रकाशित : बुधबार, पुष ०८, २०७७१४:१०

दम्पत्तिले उम्दा तरिकाले मनाए आफ्नो ४४ औँ वैवाहिक वार्षिकोत्सव, भिडियो भाइरल