कोरोना भाइरसको प्रकोपको कारण यस वर्ष मानिसहरुले अत्यन्तै सामान्य तवरले चाडपर्व मनाए। त्यस्तै मानिसले जन्मदिन, वैवाहिक वार्षिकोत्सव आदिमा पनि एकदमै कम आफन्तजनहरु बोलाएर मनाए। सामाजिक सञ्जालमा एक यस्तै भिडियो भाइरल भईरहेको छ। एक दम्पत्तिले आफ्नो विवाहको ४४ औँ वार्षिकोत्सव यति सामान्य र उम्दा तरिकाले मनाए कि सामाजिक सञ्जालमा मानिसहरु उनीहरुका तारिफ गरेर थाकिरहेका छैनन्। भिडियोमा दम्पत्तिको जन्म देखि लिएर उनीहरुको विवाह र अगाडी उनीहरुका बच्चासम्मको पूरा यात्रा समेटिएको छ।
भिडियोमा भुईमा फूलले अलग-अलग दुई तारिख लेखिएको छ। यो त्यही तारिख हो जतिबेला उनीहरुको जन्म भएको थियो। त्यसपछि उनीहरुको विवाहको तारिख लेखिएको देख्न सकिन्छ जहाँ दुवैले एक-अर्कालाई वरमाला लगाई जीवनसाथी बन्छन्। सन् १९७६ देखि २०२० सम्म को यस दम्पत्तिको वैवाहिक जीवनलाई यसरी देखाईएको छ कि सामाजिक सञ्जालमा मानिसहरु यिनको निकै तारिफ गरिरहेका छन्। कुन वर्षमा दम्पत्तिले घर बनाए, गाडी लिए, बच्चा भए र फेरी बच्चाको विवाह भयो। यतिमा मात्र सीमित छैन तिनको बच्चाको को पनि बच्चा कहिले भए उक्त तारिख पनि बताईएको छ। भिडियोमा पूरा परिवार एक साथ देखिएका छन्। यस भिडियोलाई अहिलेसम्म लाखौँ मानिसले हेरेसकेका छन्। र साथै लाइक, कमेन्ट र रिट्वीट पनि धेरैले गरेका छन्।
भिडियो :
See how this couple have celebrated their Wedding anniversary…😊👍👌
See their Journey….🙂💐 pic.twitter.com/b35HOfUCum— Adarsh Hegde (@adarshahgd) December 17, 2020