भोलि पुष ९ गते बिहिबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

हरेक कार्यमा सफलता प्राप्त हुनाले मन प्रशन्न रहनेछ। वित्तीय क्षेत्रमा तपाईंको दिन लाभदायक साबित हुनेछ। परिवारमा सुख-शान्तिमय वातावरण कायम रहनेछ। स्वादिष्ट भोजनका साथै नयाँ वस्त्र प्राप्त हुनेछ। साथी-भाई तथा आफन्तबाट उपाहार मिल्नाले तपाईं प्रशन्न हुनुहुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

स्वास्थ्य बिग्रन सक्छ, विशेषगरी आँखा सम्बन्धि समस्याले सताउन सक्छ। आफन्त तथा परिवारका सदस्यसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। खर्चको मात्रा बढ्नेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। कार्यक्षेत्रमा समय अनुकूल नरहला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

परिवारमा छोरा र पत्नीबाट लाभदायक समाचार आउनेछ। साथीहरूसँग भेट गर्दा तपाईं आनन्दित महशुस गर्नुहुनेछ। व्यापारी वर्गको आम्दानी बढ्नेछ। कार्यक्षेत्रमा उच्च अधिकारीसँग राम्रो सम्बन्ध रहनेछ। स्त्री मित्रबाट लाभ मिल्ने सम्भावना देखिन्छ। स्वास्थ्य राम्रो रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

व्यापार व्यवसाय क्षेत्रमा विशेष लाभ मिल्न सम्भावना उच्च छ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। आमासँग सम्बन्ध राम्रो हुनेछ। सरकारी क्षेत्रबाट लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

धार्मिक तथा मांगलिक कार्यमा उपस्थित हुने मौका मिल्नेछ। तपाईंको व्यवहार प्रिय हुनेछ। धार्मिक यात्राको योग बन्नेछ। स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरी पेट दुख्ने समस्याले सताउला। कार्यक्षेत्रमा उच्च अधिकारीहरूसँग सावधानीपूर्वक व्यवहार गर्नुहोस्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

खानपानमा विशेष ध्यान दिनुहोला। क्रोधमा संयम राख्न जरूरी देखिन्छ। स्वास्थ्य बिग्रन सक्छ, सजग रहनुहोला। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। उचित पारिश्रमिकको नमिल्नाले मन उदास रहनेछ। शत्रुहरूसँग होशियार रहनुहोस्। यस दिन पानीबाट बच्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सार्वजनिक जीवन सम्बन्धित काममा सफलता र उपलब्धि हासिल हुनेछ। विशेष गरी विपरीत लिंगका व्यक्तिहरू तपाईंको जीवनमा प्रभुत्व जमाउँछन्। खर्चको मात्रा बढ्नेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आकस्मिक घटना घटना सक्छ। पूर्व-निर्धारित कार्य रद्द हुँदा निराशा र क्रोधको भावना पैदा हुनसक्छ। परिवारका सदस्यहरूमा मतभेद हुनेछ। माइती पक्षबाट अशुभ खबर मिल्ला। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। खर्चको रकम आय भन्दा बढी हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

पेट सम्बन्धि समस्याले सताउन सक्छ। सन्तानको शिक्षा र स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ। क्रोधमा नियन्त्रण राख्न जरूरी देखिन्छ। प्रियजनको साथ उत्साहजनक क्षणहरूको मजा लिन सक्षम हुनुहुनेछ। साहित्य र लेखनको क्षेत्रमा रुचि रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको लागि यस दिन प्रतिकूल रहनाले मन खिन्न रहला। शरीरमा उर्जा र स्फूर्तिको कमी हुनेछ। सार्वजनिक जीवनमा मानहानिको सम्भावना रहेक्लो छ, सजग रहनुहोला। छाती सम्बन्धि समस्याले सताउन सक्छ। यस दिन महिलासँग सावधान रहन जरूरी देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारिरीक तथा मानिसक स्वास्थ्य राम्रो रहनेछ। भाइहरूसँगै मिलेर नयाँ कार्य थालनी गरिनेछ। साथी-भाई तथा आफन्तसँग आनन्दमय समय बिताउने मौका मिल्नेछ। यात्राको सम्भावना छ। स्त्री मित्रसँगको भेटले मन प्रशन्न रहनेछ। कार्यक्षेत्रमा विशेष सफलता मिल्ने योग छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

वाणी तथा क्रोधमा संयम राख्नुहोला। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। शारीरिक कष्टको अनुभव हुनेछ। विशेषगरी आँखाको ख्याल राख्नुहोस्। परिवारका सदस्यहरू र प्रियजनहरूद्वारा घरमा विरोधको वातावरण हुनेछ। अनावश्यक ठाउँमा खर्च हुनेछ।

प्रकाशित : बुधबार, पुष ०८, २०७७१९:४५

आज पुष १० गते शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !