एजेन्सी – धेरैजसो विवाद र चर्चामा रहने बलिउड अभिनेत्री कंगना रणावतको यति बेला ब्यापक ट्रोल भइरहेको छ। कंगना सामाजिक सञ्जालमा अपलोड गरेको एक तस्विरका कारण ट्रोलको शिकार भएकी हुन्।
सामाजिक सञ्जालमा बिकिनी ड्रेससहितको तस्बिर सार्वजनिक गरेपश्चात यति बेला सामाजिक सञ्जालमा कंगना बारे अनेक टिका-टिप्पणी भइरहेको छ। यस अगाडी अरु माथि खनिने कंगना माथि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु खनिरहेका छन्।
किन भइन् ट्रोल ?
कंगनाले सामाजिक संजालमा मेक्सिको जाँदाको तस्विर ट्वीटरमा सार्वजनिक गरेकी थिइन्। उक्त तस्बिर सेयर गर्दै उनले लेखेकी थिइन्, “मैले जुन क्षेत्रको यात्रा गरेँ। तिनीहरूमध्ये सबैभन्दा रमाइलो क्षेत्र मध्ये मेक्सिको एक हो। एकदम राम्रो छ, अप्रत्याशित ठाउँ छ। यो मेक्सिकाको सानो आइल्याण्ड तुलुमको फोटो हो।”
Good morning friends, one of the most exciting places that I visited in my life is Mexico, beautiful but an unpredictable place, here’s a picture from Tulum a little island in Mexico ❤️ pic.twitter.com/8b0M7ymMiX
— Kangana Ranaut (Modi Ka Parivar) (@KanganaTeam) December 23, 2020
प्राय धर्म, संस्कृतिका पाठ सिकाउने कंगनाको उक्त तस्विर सामाजिक संजाल प्रयोगकर्ताहरुलाई चित्त बुझेन। जस कारण कंगना माथि सामाजिक संजाल प्रयोगकर्ताहरु लगातार खनिए।
सामाजिक संजाल प्रयोगकर्ताहरुले कंगना माथि अनेक प्रश्न तेर्स्याएका छन्। केहिले सारी कता गयो भन्दै प्रश्न गरेका छन् भने केहिले यस्तो हर्कतलाई मोदीले के भन्लान् भनेर प्रश्न गरेका छन्।
कंगना विशेष गरेर भारतीय जनता पार्टीको बचाउमा उत्रने गरेका कारण सामाजिक संजाल प्रयोग कर्ताहरुले मोदीसँग जोडेर कंगनाको ट्रोल गरेका हुन्।