छिट्टै विवाह बन्धनमा बाधिन चाहनुहुन्छ ? भोलि अपनाउनुहोस् यि उपाय !

एजेन्सी, यस वर्ष अक्षय तृतीयाको शुभ तिथि बैशाख १४ मा रहेको छ । हिन्दु धर्ममा अक्षय तृतीयालाई सबै मुहूर्त मध्ये सर्वाधिक शुभ र शुद्ध मुहूर्त मानिएको छ । जुन युवा-युवतीको विवाहमा ढिलाई भईरहेको छ भने अक्षय तृतीयाको दिन यी उपायहरुलाई अपनाउनुहोस् ।
यस प्रयोगलाई अक्षय तृतीयाको शुभ मुहूर्तमा गर्नु पर्दछ ।

१. यो प्रयोग रातको समयमा गर्नु पर्दछ ।
२. पहेलो कपडा ओछ्याएर पूर्व दिशा तर्फ अनुहार फर्काएर बस्नुहोस् ।
३. माता पार्वतीको चित्र आफ्नो अगाडि राख्नुहोस् ।

४. आफ्नो अगाडि सानो टेबलमा एक मुठी गहुँ राख्नुहोस् ।
५. गहुँमा एक विवाह बाधा निवारण यन्त्र राख्नुहोस् र चन्दन या केसरको टीका लगाउनुहोस् ।
६. यी सबै प्रक्रिया पुरा भएपछि  तल दिइएको  मन्त्रको जप गर्नुहोस्:

पुरुषहरुको लागी
पत्नीं मनोरमां देहि मनोवृत्तानुसारिणीम्।
तारणीं दुर्गसंसारसागरस्य कुलोदभवाम्।।

महिलाहरुको लागी
ॐ गं घ्रौ गं शीघ्र विवाह सिद्धये गौर्यै फट्।

यी मन्त्रलाई अक्षय तृतीया देखी चार दिनसम्म नित्य ३-३ मालाको जप गर्नुहोस् । अन्तिम दिन यस सामग्रीलाई देवी पार्वतीको चरणमा कुनैपनि मन्दिरमा लगेर छोड्नुहोस् । यस्तो गर्दा तपाइको छिट्टो विवाह हुनेछ । यो प्रयोग भक्तिको साथ गर्नुहोस् । यो सिद्ध प्रयोग हो ।

प्रकाशित : शनिबार, बैशाख १३, २०७७०५:००

वर्षकै पहिलो दिन बन्यो घातक शक्तिशाली यमघण्ट योग, रोग फैलिएर वर्ष भर दुख दिन सक्ने !