हरेक मानिसको जीवनमा उतार-चढाव त आउँछन् नै। साधारण मानिस होस् या कुनै सुपरस्टार, सबैको जीवनमा कष्टकर समय र आउँछ। बलिउडमा यस्ता थुप्रै अभिनेत्री छन् जसको वैवाहिक जीवन धेरै समयको लागि टिकेन। जान्नुहोस् ती अभिनेत्रीका बारेमा….
मलाइका अरोरा
मोडल तथा अभिनेत्री मलाइका अरोराले अरबाज खानसँग विवाह गरेकी थिइन्। विवाह भएको १० वर्ष पछि दुबैले एक-अर्कासँग छुट्टिले निर्णय गरे। मलाइका र अरबाजको एक छोरा, अरहान छन् जो आफ्नी आमासँग बस्छन्। अहिले मलाइका अभिनेता अर्जुन कपूरलाई डेट गर्दैछिन्।
करिश्मा कपूर
करिश्मा कपूरको फिल्मी करियर निकै सफल र शानदार रह्यो। करियरको उचाईमा हुँदा उनले दिल्लीका एक व्यापारी संजय कपूरसँग विवाह गरिन्। यस विवाहबाट करिश्माका दुई बच्चा पनि थिए। यद्यपि, २०१६ मा दुई बीचमा सम्बन्ध विच्छेद भयो। सम्बन्ध विच्छेदको क्रममा करिश्माले संजय कपूरलाई गर्भवती महिलामाथि कुटपिट गरेको आरोपसमेत लगाइन्।
महिमा चौधरी
महिमा चौधरीले फिल्म ‘परदेस’ बाट बलिउडमा धमाका साथ इन्ट्री गरिन्। २००६ मा उनले बबी मुखर्जीसँग विवाह गरेकी थिइन्। महिमाको विवाह ७ वर्ष मात्र टिक्यो र त्यसपछि दुई जना अलग भए। महिमाको एउटी छोरी, आर्यना छिन् जसलाई उनले एक्लो आमाको रूपमा पालन पोषण गरिरहेकी छिन्।
जेनिफर विंगेट
जेनिफर विंगेटलाई टेलिभिजन दुनिया कै सबिभंदा सुन्दर अभिनेत्री मध्य एक मानिन्छ। २०१२ मा उनले अभिनेता करण सिंह ग्रोभरसँग बिहे गरेकी थिइन्। यद्यपि यो सम्बन्ध लामो समय सम्म टिकेन र दुई वर्षपछि नै यी दुई अलग भए। अहिले भने जेनिफर सिंगल नै छिन्।
रश्मि देसाई
प्रख्यात टिभी अभिनेत्री रश्मि देसाई र नन्दिश बीच उत्तरीन धारावाहिकको सेटमा भेट भएको थियो। पछि यी दुईले विवाह गरे। तर यी दुई बीचको सम्बन्ध पनि धेरै समय टिक्न भने सकेन। विवाहको ३ वर्ष मै यी दुई अलग भए।