२४ डिसेम्बरको दिन मंगल ग्रह आफ्नो स्वराशि मेषमा प्रवेश गर्नेछ। मेष राशिमा मंगल २२ फेब्रुवरीसम्म अवस्थित रहनेछ। मेष र वृश्चिक राशिका स्वामी मंगल कर्कट राशिमा नीच र मकर राशिमा उच्च मानिन्छ।
मेष राशिमा मंगल ग्रहको गोचर केहि राशिका लागि शुभ हुनेछ भने केहि राशिको लागि अशुभ रहनेछ। मंगलको यो राशि परिवर्तन यी छ राशिका मानिसको लागि शुभ रहनेछ।
मेष राशि
विभिन्न क्षेत्रमा लाभ मिल्नेछ। कुनै पनि काम सुरू गर्नका लागि समय शुभ हुनेछ। नयाँ सम्झौतामा हस्ताक्षर गर्नको लागि पनि अवसर उत्कृष्ट रहनेछ। उच्च अधिकारीहरुसंग राम्रो सम्बन्ध बन्नेछ। सरकारी क्षेत्रबाट लाभ प्राप्त होला।
मिथुन राशि
तपाईंको हरेक समस्याको अन्त्य हुनेछ। कार्य व्यापारमा उन्नति हुनेछ। परिवारका अग्रज तथा दाजु-भाईसँग मदभेद हुनसक्छ। सन्तान सम्बन्धि चिन्ताबाट राहत मिल्नेछ। कानुनी मामलामा निर्णय तपाईंको पक्षमा आउने सम्भावना उच्च छ।
कर्कट राशि
व्यापार व्यवासयमा प्रगति हुनेछ। रोजगारमा पदोनान्तिको योग रहेको छ। शिर्ष नेतृत्वबाट सहयोग मिल्नेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ। सरकारी सेवाका लागि आवेदन गर्नको लागि पनि समय अनुकूल रहनेछ।
सिंह राशि
धर्म तथा अध्यात्म तर्फ मन लाग्नेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। कुनै सम्मान तथा पुरस्कारको घोषणा पनि हुनसक्छ। कार्यक्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना उच्च छ। आफ्नो योजना तथा उर्जाशक्तिको पूर्ण उपयोग गर्नुहोस्।
धनु राशि
विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ। व्यापारीहरुको लागि समय अझ राम्रो हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि यो समय निकै शुभ रहनेछ। सन्तान सम्बन्धि चिन्ताबाट राहत पाउनुहुनेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ।
कुम्भ राशि
तपाईंको कामको र निर्णयको सराहना हुनेछ। आफ्नो आत्मविश्वास तथा सहासको मद्दतले कठिन परिस्थितिलाई पनि अनुकूल बनाउन सफल हुनुहुनेछ। कार्यक्षेत्रमा उन्नति तथा व्यापार व्यवसायमा प्रतिष्ठा बढ्नेछ। धर्म तथा अध्यात्ममा मन लाग्नेछ।