“देश स्वर्ग बन्छ भने म नर्क जान तयार छु”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको लागि आफु नर्क जान समेत तयार रहेको बताएका छन् ।एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताका क्रममा ओली देश स्वर्ग बन्छ भने आफु नर्क जान तयार रहेको बताएका हुन्।

उक्त टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ओलीले देश र जनताको हितका लागि जस्तोसुकै चुनौती मोल्न पनि आफू तयार रहेको बताए। देश र जनता सधैं आफ्नो प्राथमिकतामा रहने उनको भनाई छ।

“देश स्वर्ग जान्छ भने म नर्क जान तयार छु ।”,ओलीले भने।

“प्रचण्डले मलाई पार्टीबाट निकाल्नु र भाडामा बस्नेले घरबेटीलाई निकाल्नु एकै”

प्रचण्डले आफूलाई कारबाही गर्ने हैसियत नराख्ने ओलीको दावी छ। प्रचण्डले आफूलाई कारवाही गर्नु र घर भाडामा गएर बस्नेले घरबेटीलाई निकाल्नु एकै हुने उनले बताए।

“मैले पनि कारबाही भएको सुनेँ। प्रचण्डले पार्टीमा मलाई कारवाही गर्नु भनेको निकै हाँस्यास्पद भएन र?, यो त घर भाडामा गएर बस्नेले घरबेटीलाई निकालेको जस्तै हो”,ओलीले भने।

ओलीले कुनै पनि बैंक्वेटबाट हुने कारबाहीको अर्थ नहुने बताए। प्रचण्डभन्‍दा आफू कम्तिमा पनि एक दशकअघिबाट राजनीतिमा सक्रिय रहेको ओलीको भनाई छ।

उक्त टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ओलीले प्रचण्ड माथि पार्टी एकीकरण भएपछिकै कडा टिप्पणी गरेका छन्। ओलीले प्रचण्डको व्यवहार माथि नै प्रश्न समेत उठाएका छन्।

प्रचण्डले मान्छेलाई गलत बाटोमा हिँड्न बाध्य बनाउने गरेको आरोप ओलीले लगाए। मान्छेलाई गलत बाटोमा हिँड्न बाध्य बनाउने प्रचण्डको पूरानो स्वभाव रहेको ओलीको आरोप छ।

यस्तै ओलीले आफूले सहमतिका लागि गरेका हरेक प्रयास प्रचण्ड-नेपाल पक्षले विफल बनाइदिएको पनि बताएका छन्। पार्टी तहसनहस गर्ने नियतबाट प्रचण्ड-नेपाल पक्ष कुरै सुन्न तयार नरहेको उनले आरोप लगाए।

सहमतिका हरेक प्रयास सफल भएपछि आफू बाध्य भएर निर्वाचनमा गएको उनको भनाई छ।

प्रकाशित : बिहिबार, पुष ०९, २०७७०९:०९

प्रचण्ड माथि महेश बस्नेतको प्रहार – “फेसबुके प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई”