पार्टीलाई नमूना बनाउँछौँ: अध्यक्ष नेपाल

बिहिबार बबरमहलमा भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा नेपका: प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले एकीकृत पार्टीविरुद्ध भइरहेका सबै प्रकारको षड्यन्त्र असफल पारेर एकताबद्ध, सुदृढ र क्रान्तिकारी दिशातर्फ अगाडि बढ्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

“कम्युनिष्ट पार्टी क्रान्तिकारी उद्देश्यप्रति समर्पित हुँदै विधि, पद्धतिअनुसार चल्छ भन्ने विषयलाई नमूनायोग्य ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता गर्दछौँ”, अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने।

अर्का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनलाई जनताको ठूलो सङ्घर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको कदमका रुपमा अथ्र्याउनुुभएको श्रेष्ठले जानकारी दिए । अध्यक्ष दाहालले ऐतिहासिक परिवर्तन, संविधान, गणतन्त्र र लोकतन्त्रको रक्षा गर्दै समृद्ध नेपाल बनाएर समाजवादको दिशातर्फ अगाडि बढाउन थप सङ्घर्ष गर्न तयार हुनुुपर्नेमा जोड दिएका थिए ।

पार्टी एकता विरोधी षड्यन्त्रलाई सफल हुन नदिने, एकतालाई सुदृढ गर्ने, विघटन भइसकेका पूर्वपार्टी ब्युँताउने षड्यन्त्रलाई असफल पारेर नेकपालाई एकीकृत, क्रान्तिकारी र सशक्त पार्टीका रुपमा विकास गर्न ऊर्जाशील भएर काम गर्न सबै नेताकार्यकर्तालाई उनले निर्देशन दिएका थिए ।

प्रकाशित : बिहिबार, पुष ०९, २०७७१७:५३

‘हामी यहाँ छौं’ भन्दै प्रचण्ड-नेपाल समूहको प्रदर्शन माइतीघरमा सुरु !