हप्ताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ सय रुपैयाले बढेको छ। बिहिबार पनि सुनको मूल्य तोलामा १ सय रुपैंयाले नै बढेको थियो।
बिहिबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु ९४ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुन बिहिबार ९३ हजार ६ सयमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य तोलामा १२ सय ८० मा कारोबार भइरहेको छ।