लियोनल मेस्सीले बार्सिलोनाका लागि मे २००५ मा पहिलो ला लिगा गोल गरेका थिए। त्यसपछि, उनले थुप्रै रेकर्ड बनाए। यहि हप्ता मात्र मेस्सीले बार्सिलोनाका लागि ६४४ औं गोल गरे।
बार्सिलोनाका कप्तान मेस्सीलाई फुटबल इतिहास कै उत्कृष्ट खेलाडी मध्य एक मानिन्छ। उनी र क्रिस्टियानो रोनाल्डोले गत एक दशक फुटबल जगतमा राज गरे। यस्तोमा आज हामी लियोनल मेस्सीको डेब्यु खेलदेखि आज सम्म युरोपको टप ५ लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको बारेमा चर्चा गर्नेछौं।
५. एडिन्सन काभानी र रोबर्ट लेवान्डोस्की
काभनी र लेवान्डोस्की दुबैले यस अवधिमा २५३ गोल गरेका छन्। यसमा एउटा विवाद आउनसक्छ। कभानीले युरोपको टप लिगमा २००७ बाट खेलिरहेका छन् भने लेवान्डोस्कीले २०१० बटा मात्र खेले।
४. सेर्जियो अग्वेरो
कावानी र लेवान्डोक्की भन्दा एक अर्को गोल बढीका साथ, अगुएरो विगत १५ वर्षमा चौथो सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। २००६ मा एथ्लेटिको म्याड्रिडसँग अनुबन्ध भएका अर्जेन्टिनी स्ट्राइकरले म्यानचेस्टर सिटीका लागि १८० र स्पेनिश क्लबका लागि ७४ गोल गरे।
३. ज्लाटान इब्राहिमोभिक
युभेन्टस, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पीएसजी, म्यान्चेस्टर युनाइटेड। युरोपका यी टप क्लबबाट खेलिसकेका इब्राले यस समय अवधिमा २७३ गोल गरेका छन्।
२. क्रिस्टियानो रोनाल्डो
४५० लिगको साथमा पनि रोनाल्डो उनका चिर-प्रतिद्वन्दी मेस्सी भन्दा १ गोलले मात्र पछि छन्। हार्न स्वीकार गर्न नसक्ने रोनाल्डोलाई यो कुराले पीडा दिनसक्छ। २००९ मा रियल म्याड्रिडमा आएदेखि उनले हरेक सिजनमा २० भन्दा बढी गोल गरेका छन्।
१. लियोनल मेस्सी
आफ्नो खेल जीवनको सुरुवाय देखि ४५१ गोल गरेका मेस्सीलाई द बेस्ट भन्दा फरक नपर्ला। यहि हप्ता मात्र उनले एकै क्लबका लागि सबैभन्दा बढी गोल गर्ने पेलेको रेकर्ड तोडे।