‘बादल जी पक्कै पनि झुक्किएर ओलीतिर पुग्नुभएको हुनुपर्छ, यतै आउनुहुन्छ’- प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ झुक्किएर ओली समूहमा गएको टिप्पणी गरेका छन्। पार्टी दुई पक्षमा विभाजित भएसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफ्नू साथ छाडेको बारे प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्।

शुक्रबार कार्की ब्यांकेटमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले बादल आफ्नो समूहमै फर्किने विश्वास समेत व्यक्त गरे। प्रचण्डले भने, “बादल जीले यता आउन तयार पारेको भाषण उता गर्नु भएछ भन्ने लागेको छ।” उहाँ झुक्किएर उता पुग्नुभएको होला, यतै आउनुहुन्छ।

संसद भंग भएसँगै केहि दिन चुपचाप बसेका बादल बुधबार मात्र ओलीको पक्षमा जाने निर्णय गरेका थिए। प्रचण्ड निकट मानिने उनलाई प्रचन्ड-नेपाल पक्षले पनि आफूलाई साथ दिन आग्रह गरेका थिए। प्रचण्ड–माधव समूहले बोलाएको छुट्टा छुट्टै बैठकमा अनुपस्थित रहेका गृहमन्त्री रामबहादुर थापा बादल बिहिबार ओली पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए।

प्रकाशित : शुक्रबार, पुष १०, २०७७१५:४०

नेपालमा गणतन्त्र आउनै सक्दैन भन्ने गणतन्त्र र संघीयताविरोधी नेता हुन् ओली: माधव नेपाल