नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली गोमन साँप जस्तै रहेको बताएका छन्। वरिष्ठ नेता खनालले शुक्रबार बबरमहल कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा ओलीले गोपन साँपको जस्तै रिस राखेर डस्ने गरेको आरोप लगाए।
“ओलीजी गोमन साँप जस्तै हुन्। गोमन साँपले आफूलाई चोट पुर्याउनेलाई सम्झिराखेर मौका आउँदा आक्रमण गर्ने गर्छ। ओलीको बानी पनि त्यस्तै नै छ”, खनालले भने।
पहिले मैले ओलीलाई महाधिवेशनबाट हराएँ, त्यसको रिसवी आफू अध्यक्ष भएपछि आफूलाई वरियता लगायतमा तल पारेर बदला लिएको खनालको भनाइ छ। ओलीले पारदर्शी ढंगले काम नगरेको भन्दै अहिले पनि अनाधिकृत रुपमा प्रतिनिधिसभा बिघटन गरेको खनालको आरोप थियो।
खनालले नेकपाको ओली पक्षलाई रुखको बोक्राको संज्ञा समेत दिए। उनले आफूहरुसँग नै बहुमत रहेको र आफूहरु नै आधिकारिक भएकाले नेकपाको वैधानिक पक्ष भएको दाबी गरे। ‘केपी शर्मा ओली समूहले बालुवाटारमा गरेको बेला रुखको बोक्रा मात्र हो।’ खनालले बताए।