महरा निवासमा यान्छीको इन्ट्री !

काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पूर्वसभामुख कृष्णबहादुर महरासँग भेटवार्ता गरेकी छन्। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सचिवालय सदस्य समेत रहेका पूर्वसभामुख महराले राजनीति पुनरागमन गरे लगतै यान्छीले भेटेकी हुन्।

शुक्रबार महरा निवास खुमलटार पुगेर यान्छीले महरासँग समसामयिक विषयमा छलफल गरेकी छन्। भेटमा महरा र यान्छी बीच नेकपामा देखिएको विवाद र त्यसले निम्त्याएको राजनीतिक घटनाक्रम बारे छलफल भएको बताइएको छ।

भेटका क्रममा राजदूत यान्छीले नेकपाको पुनः एकता र त्यसका लागि महराको पहलका बारेमा जिज्ञासा समेत राखेकी थिइन्। महराले जवाफमा यान्छीलाई आफू अझै पनि पार्टी एकता कै पक्षमा रहेको र एकताका लागि पहल गर्ने बताएको महरा निकट श्रोतले जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विवाद हुँदा यान्छीको दौडधुप बढ्ने गरेको छ। यान्छीले यस अगाडी विवाद हुँदा पनि नेकपाका नेताहरुलै भेटेर विवाद मिलाउन भूमिका खल्ने गरेकी थिइन्।

नेकपामा देखिएको पछिल्लो विवादले संसद विघटन भएपछि यान्छीले नेकपा नेताहरुसँगको भेटवार्ता तिब्र बनाएको अवस्था छ।

प्रकाशित : शुक्रबार, पुष १०, २०७७१८:५३

“स्वविवेकले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन”