मन्त्रिमण्डलमा व्यापक परिवर्तन ! कसले के जिम्मेवारी पाए ? [नामावली सहित]

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मन्त्रीलाई हटाएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्री पदबाट हटाएका हुन्।

शुक्रबार हटाइएका विश्वकर्मा २ चैत ०७४ मा खेलकुदमन्त्री बनाइएका थिए भने ओलीले ८ मंसिर ०७६ मा गरेको मन्त्रिमण्डल पुनर्गठनमा दुगडलाई उद्योग राज्यमन्त्री नियुक्त गरेका थिए।

मन्त्रिपरिषद विस्तार

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार तथा हेरफेर गरेका छन्। ओलीले ८ मन्त्री र १ राज्यमन्त्री थप्दै मन्त्रिपरिषद विस्तार तथा हेरफेर गरेका हुन्।

शुक्रबार ओलीले मन्त्री नियुक्त गरेका टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ ग्रहण गरिसकेका छन्। यस्तै विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।

साथै क्याबिनेटमा रहेका केहि मन्त्रीहरुहरुको जिम्मेवारी हेरफेर समेत भएको छ। पहिला देखि नै क्याबिनेटमा रहेका भानुभक्त ढकाल, हृदयेश त्रिपाठी, शिवमाया तुम्बाहाङ्फे, पद्मा अर्याल, कृष्ण गोपाल श्रेष्ठ लगयतको जिम्मेवारी हेरफेर तथा जिम्मेवारी घटबढ भएको छ।

कसलाई कुन मन्त्रालय ?

टोपबहादुर रायमाझी-उर्जा
मणि थापा-खानेपानी
प्रभु साह-शहरी विकास
प्रेम आले-वन
गणेश ठगुन्ना-सामान्य प्रशासन
गौरी शंकर चौधरी-श्रम
दावा लामा-युवा तथा खेलकुद
जुली कुमारी महतो-महिला बालबालिका
विमला विश्वकर्मा-उद्योग राज्यमन्त्री
भानुभक्त ढकाल- पर्यटन (मन्त्रालय हेरफेर)
हृदयेश त्रिपाठी- स्वास्थ्य (मन्त्रालय हेरफेर)
लीलानाथ श्रेष्ठ-कानून
शिवमाया तुम्बाहाङ्फे-भूमिसुधार
पद्मा अर्याल- कृषि
कृष्ण गोपाल श्रेष्ठ- शिक्षा

प्रकाशित : शुक्रबार, पुष १०, २०७७२०:२२

बाबुरामको आरोप – “ओलीले सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार गर्न थाले”