सूर्यमा आँखा नलगाउन प्रचण्डलाई बस्नेतको चेतवानी, ‘हसिँया हतौडा’ लिएर चुनाव लड्न चुनौती !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले धुम्बाराही र बल्खुमा आँखा नलगाउन प्रचण्ड-नेपाल पक्षलाई चेतवानी दिएका छन्।

शनिवार ओली पक्षीय युव संघले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै धुम्बाराही र बल्खु आफूहरुको रहेको दावी गर्दा त्यसमा आँखा नलगाउन चेतवानी दिएका हुन्।

उनले देशभरका पार्टी कार्यालय सबै ओली समूहकै रहेको दावी गर्दै प्रचण्ड–नेपाल समूहलाई पेरिसडाँडामा जान आग्रह गरे। चुनाव चिन्ह सूर्यमा समेत प्रचण्ड-नेपालले दावी गर्न नमिल्ने उनको बुझाई छ।

नेता बस्नेतले आफ्नो लोकप्रियताको मापन चुनावमा गोलाकार भित्रको हसिँया हतौडा लिएर गर्न प्रचण्डलाई सुझाव पनि दिएका छन्। अर्का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह र पार्टी कार्यालय दाबी गर्नु भनेको विगतमा जारी माग्नु सरह रहेको नेता बस्नेतले बताए।

“विगतमा जारी माग्ने प्रचलन थियो । अहिले त्यो प्रचलन हराएको छ । मावध कममरेडले सूर्य चिन्ह र पार्टी कार्यालय दाबी गर्ने हो भने पार्टीमा फर्केर कुरा गर्नुपर्छ । नत्र विगतमा जारी दिए जस्तै हो । अहिले त्यो चलन गयो । प्रचण्डले आफ्नो लोकप्रियता गोलाकार भित्रको हँसिया हतौडा चुनाव चिन्ह लिएर गर्ने हो ।”,उनले भने।

यस्तै नेता बस्नेतले सरकार निर्माण भएदेखीनै प्रचण्ड नेपाल समूहले षड्यन्त्र गर्न थालेको आरोप पनि लगाएका छन्। तत्कालीन एमाले र माओबादीको पार्टी एकता भएदेखी नै ओलीविरुद्ध प्रचण्ड र माधवकुमार नेपालले षड्यन्त्र रच्न शुरु गरेको उनको आरोप छ।

प्रकाशित : शनिबार, पुष ११, २०७७१२:५३

आज काठमाडौँमा यस वर्षकै बढी चिसो !