पदभार ग्रहण गर्दै ऊर्जा मन्त्रीले भने- “एमसिसी नेपालको पक्षमा छ”

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै । तस्वीर ः रोशन सापकोटा÷रासस

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन्। पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी आइतबार सिंहदरबारस्थित मन्त्रालय स्वागत गर्दैै मन्त्रालयका कर्मचारी । तस्वीर ः रोशन सापकोटा÷रासस

उनले भने, ‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौं तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ।’ मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना सुनाए।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी आइतबार सिंहदरबारस्थित मन्त्रालयमा ग्रहणपछि कर्मचारीसँग । तस्वीर ः रोशन सापकोटा÷रासस

उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे। सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ। मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालयको काम कारबाहीबारे मन्त्रीलाई जानकारी गराए।

प्रकाशित : आइतबार, पुष १२, २०७७१०:४३

“२००७ सालका २ दर्जन रहेका क्रिश्चियन अहिले ४० लाख पुगे, धर्म/सभ्यतालाई नै सङ्कटमा पर्यो”