क्रिस्टियानो रोनाल्डोको स्पोर्टिंग सिपीबाट म्यानचेस्टर युनाइटेडको ट्रान्सफर प्रिमियर लिगको इतिहासकै सबैभन्दा उत्कृष्ट स्थानान्तरण घोषित भएको छ।
स्काई स्पोर्ट्स ट्रान्सफर शोले पोर्चिगिज सुपरस्टारको १२ मिलियन डलरको स्थानान्तरणलाई थुप्रै लेजेण्डका ट्रान्सफर भन्दा अगाडि राख्यो। रोनाल्डो १८ वर्षको थिए जब उनी युनाइटेडमा आएका थिए र उनलाई त्यतिबेलाको अविश्वसनीय कच्चा प्रतिभा मानिन्थ्यो।
युनाइटेडमा उनले आफ्नो पूरा क्षमताको प्रदर्शन गर्दै ३ प्रिमियर लिग उपाधि र एक च्याम्पियन्स लिग उपाधि जित्न सफल भए। २००९ मा रोनाल्डो ८० मिलियन युरोमा रियल म्याड्रिड प्रस्थान गरे।
स्काई स्पोर्ट्सका टम ह्वाइटले खुलासा गरे, “जब उनी म्यानचेस्टर आए मलाई लागेको थियो कि युनाइटेडको लागि उनी खराब ट्रान्सफर थिए। तर म अब त्यस्ता शब्द सुन्न पनि चाहन्न।”
सर्वेक्षणमा रोनाल्डो शीर्षमा आए पनि इंगलिस् फुटबलमा उनले दोस्रो स्थानमा रहेका थियरी हेनरीको भन्दा कम समय बिताए। हेनरी १९९९ मा आर्सेनलमा सामेल भए र अर्सेन वेन्जरको टिमको केन्द्र बिन्दु बन्न पुगे।
त्यस्तै, हालको प्रीमियर लिग च्याम्पियन लिभरपुलका दुई हालका खेलाडी मोहम्मद सलाह र भर्जिल भान डाइक पनि उक्त सूचीमा सामेल छन्।
टप २० को सूची यस प्रकार छ:-
२०. पिटर चेक (रेने-चेल्सी)
१९. सर्जियो अगुएरो (एथ्लेटिको म्याड्रिड-म्यानचेस्टर सिटी)
१८. एडेन हाजार्ड (लिल-चेल्सी)
१७. प्याट्रिक भिएरा (एसी मिलान-आर्सनल)
१६. डेभिड सिल्भा (भ्यालेन्सिया-म्यानचेस्टर सिटी)
१५. ग्यानफार्को जोला (पार्मा-चेल्सी)
१४. भर्जिल भान डाइक (साउथह्यामटन-लिभरपुल)
१३. डेनिस बर्क्याम्प (इन्टर मिलान-आर्सनल)
१२. एनगोलो कान्ते (काएन-लेसेस्टर सिटी)
११. मोहम्मद सलाह (रोमा-लिभरपुल)
१०. एलेन सियरर (ब्ल्याकबर्न-न्युकासल युनाइटेड)
९. भिन्सेन्ट कम्पनी (हामबर्ग-म्यानचेस्टर सिटी)
८. वाइन रुनी (एभर्टन-म्यानचेस्टर युनाइटेड)
७. सोल क्याम्बेल (टोटनह्याम-आर्सनल)
६. डिडियर ड्रोग्बा (मार्सेल-चेल्सी)
५. रोए किन (नार्टिंगम फरेस्ट-म्यानचेस्टर युनाइटेड)
४. फ्रान्क लाम्पार्ड (वेस्ट ह्याम-चेल्सी)
३. एरिक क्यान्टोना (लीड्स-म्यानचेस्टर युनाइटेड)
२. थियरी हेनरी
१. क्रिस्टियानो रोनाल्डो