काठमाडौ । कालो अंगुर सबैलाई मन पर्ने फलफुल हो । अंगुरमा भिटामिन, पोटाशियम, आइरनसहितका पौष्टिक तत्व पाइन्छ । यो मिठो भएपनि चिनीको मात्र नहुने भएकाले औषधीको रुपमा प्रयोग गर्न सकिन्छ । त्यसका साथै अंगुरले मानिसको सुन्दरतासँगै स्वास्थ्यमा समेत राम्रो गर्छ । त्यस्तै अगंगुरले हाम्रो शरिरमा लाग्ने यी ५ रोगहरुबाट पनि बचाउछ । हेर्नुस् के के हुन् ?
माइग्रेन यदि तपाईले नियमित केही अंगुर खानुभयो भने माइग्रेनको समस्याबाट मुक्ति दिन्छ ।
रक्ताल्पता यदि तपाईको शरीरमा रगतको कमी छ भने नियमित कालो अंगर खानुस् । स्वास्थयमा सुधार आउनेछ ।
हृदयघात यदि तपाईले नियमित अंगुर खाँदा मुटुरोगको समस्या हटेर जान्छ । र ह्रदयघात हुनबाट बचाउछ ।
क्यान्सर कालो अंगुर क्यान्सर मात्र नभई पाचन प्रणली , कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोगको अचुक औषधी हो । त्यसैले नियमित खालीपेटमा एक झुप्पा अंगुर खानुहोस् ।
रक्तस्राव विशेष रक्तस्राव धेरै हुने महिलाहरको लागी कालो अंगुर अचुक औषधी हो । त्यसका लागी एक गिलास अंगुरको जुस बनाएर दुई चम्चा मह मिसाएर खानुस् , फाइदा हुन्छ ।
फोकाफोकी तपाईको अनुहार र जिउमा आएको फोकाफोकी र घाउँ कालो अंगुले निको पार्दछ ।