ग्वार्डियोला र एनरिके विश्वकै उत्कृष्ट प्रशिक्षक हुन्: मेस्सी

लियोनल मेस्सीले आफ्नो खेल जीवनका दुई प्रशिक्षक पेप ग्वार्डियोला र लुइस एनरिकेलाई सर्वश्रेष्ठ प्रशिक्षकका रूपमा प्रशंसा गरेका छन्। उनले दुबैलाई प्रशिक्षकको रूपमा पाएकोमा आफूले आफूलाई भाग्यशाली ठानेको पनि बताए।

ग्वार्डियोलाले २००८ र २०१२ बीच बार्सिलोनाका प्रशिक्षकको रूपमा कम गरे। उनले क्लबलाई १४ ठूला उपाधि जितेका थिए र मेस्सीलाई आफ्नो कार्यकालमा खेलको प्रमुख प्रतिभाको रूपमा स्थापित गर्न मद्दत गरेका थिए।

त्यस्तै, पूर्व स्पेन अन्तर्राष्ट्रिय लुइस एनरिके २०१४ मा बार्सिलोनाको प्रशिक्षकको रूपमा आए। उनको कार्यकालमा बार्सिलोनाले २०१४-१४ मा दोस्रो पटक ट्रेबल जित्न सफल भयो।

डिसेम्बर २७ मा प्रसारित हुने ला सेक्स्टासँगको एक अन्तर्वार्तामा मेस्सीले दाबी गरे कि उनीसँग काम गरेको सबैभन्दा उत्कृष्ट प्रशिक्षकमा ग्वार्डियोला र लुइस एनरिके पर्छन्। “पेपमा केहि खास कुरा छ, उसले तपाईंलाई कुनै पनि चीजहरू फरक तरीकाले देखाउँछ,” छ पटकका ब्यालोन डी ओर विजेताले भने।

“म भाग्यमानी थिएँ कि मैले दुई जना सर्वश्रेष्ठ प्रशिक्षक ग्वार्डियोला र लुइस एनरिकेसँग धेरै समय बिताउन पाएँ। मेरो साथमा यी दुई धेरै समयसम्म रहनाले मैले धेरै कुरा सिक्न पाएको छु।”

बार्सिलोनामा केहि कठिन समय बिताइरहेका मस्सी एक पात्रक फेरी ग्वार्डियोलासँग मिलन हुने धेरैले आकलन लागिरहेका छन्। बार्सिलोना छाड्न चाहेका मेस्सी २०२१ मा म्यानचेस्टर सिटी जाने सम्भावना रहेको बताइन्छ।

प्रकाशित : आइतबार, पुष १२, २०७७१६:४०

रोनाल्डो प्रिमियर लिग इतिहास कै उत्कृष्ट ?