काठमाडौँ – गृह मन्त्रालयले ९ प्रहरी अधिकारीलाई डिआईजीमा बढुवा सिफारिस गरेको छ। गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले ९ जना प्रहरी अधिकारीहरुलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
सोमबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फका ९ प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई सोही समूहतर्फका प्रहरी नायव महानिरीक्षकमा बढुवामा सिफारिस गरेको बढुवा समितिको सचिवालयले जनाएको छ।
बढुवामा सिफारिस भएकाहरुमा पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहोरा, गणेश ऐर, उमेश रञ्जितकार, रामकृपाल शाह, प्रकाश अधिकारी, राजेशलाल कर्ण, दिवेश लोहनी र मुकुन्द आचार्य रहेका छन्।