दिवंगत श्रीमतीको जन्मदिनमा भावुक भए मदन कृष्ण श्रेष्ठ, भने एक्लो वर भएँ ! [भिडियो सहित]

काठमाडौँ – वरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठले दिवंगत पत्नी यसोदा सुबेदी श्रेष्ठको सम्झनामा नयाँ गीत सार्वजनिक गरेका छन्। करिब ३ वर्ष अगाडी निधन भएकी सुबेदी श्रेष्ठको जन्मदिनको अवसर पारेर हाँस्यकलाकार श्रेष्ठले मंगलबार नयाँ गीत सार्वजनिक गरेका हुन्।

“बर ढले पिपल एक्लै…पिपल ढले बर” बोलको गीत सार्वजनिक गर्दै श्रेष्ठले सामाजिक संजाल फेसबुक मार्फत चौतारीको लहलहाउँदो पिपलको रुख ढलेको २ वर्ष ९ महिना पुगिसकेछ भन्दै स्मरण गरेका छन्।

पहिला आफ्नो जीवन खोला वारी र खोला पारीको वर र पिपल जस्तो नभई एउटै चौतारीमा उभिएर रमाई रहेका बर पिपल जस्तै भएपनि अहिले आएर आफू चौतारीको एक्लो वर जस्तो भएको श्रेष्ठको भनाई छ।

“आज पौष १४ गते :- मेरी श्रीमती बाँचीरहकी भए आज हामी उन्को जन्मोत्सब मनाईरहेका हुन्थ्यौँ । संगै हुँदा हाम्रो जीवन खोला वारी र खोला पारीको बर र पिपल जस्तो हैन कि एउटै चौतारीमा उभिएर रमाई रहेका बर पिपल जस्तै थियौं । दरिलो, भरिलो, रसिलो, हँसिलो र जीवन्त थियो जिन्दगी । मेरो त्यो चौतारीको लहलहाउँदो पिपलको रुख ढलेको नि अब त दुई बर्ष नौ महिना भैसकेछ ।”,श्रेष्ठले गीत सार्वजनिक गर्दै फेसबुकमा लेखेका छन्।


गीत र दिवंगत पत्नी बारे फेसबुकमा श्रेष्ठले यसो लेखेका छन् –

आज पौष १४ गते :-
मेरी श्रीमती बाँचीरहकी भए आज हामी उन्को जन्मोत्सब मनाईरहेका हुन्थ्यौँ । संगै हुँदा हाम्रो जीवन खोला वारी र खोला पारीको बर र पिपल जस्तो हैन कि एउटै चौतारीमा उभिएर रमाई रहेका बर पिपल जस्तै थियौं । दरिलो, भरिलो, रसिलो, हँसिलो र जीवन्त थियो जिन्दगी ।
मेरो त्यो चौतारीको लहलहाउँदो पिपलको रुख ढलेको नि अब त दुई बर्ष नौ महिना भैसकेछ ।

एक दिन पोखराबाट सुप्रसिध्द गीतकार

श्री प्रकट पगेनी शिबजीको फोन आयो र भन्नुभो, “मदनकृष्णजी मैले तपाईँलाई नै सम्झेर एउटा गीत लेखेर मेसेन्जरमार्फत पठाई दिएकोछु एक पटक हेर्नुस न है “

गीत पढेँ एकदमै मन पर्यो। छोरी सराना श्रेष्ठलाई पढेर सुनाउँदा उन्ले एकदमै मनपराईन । यमनले त झन तुरुन्त संगीतै भरीदियो ।
हुन त मेरो स्वरले पनि अब त मसंग सोसियल डिस्टाय्न्स मेन्टेन गर्न थालीसकेको छ ।तैपनि पोखरा निबनसी श्री प्रकट पगेनी शिबजीको शब्द, छोरा यमन श्रेष्ठको संगीतमा एउटा यो गीत गाएर महसंचारको यु्ट्यूबमा राखेकोछु ।

मेरा लागि माया र आशिर्बादका महासागर समान दर्शक श्रोताहरुले मेरो नयाँ गीत लाई हेरेर सुनेर मनमनै गुनेर कमेन्ट पनि गरीदिनुहोला ताकि मलाई अझ केहि गर्न जोश र जागर जागोस ।

यो नयाँ गीतको सुन्दर शब्द हुन :-
” बर ढले पिपल एक्लै, पिपल ढले बर
जो ढले नि चौतारीको छाती चररर”

प्रकाशित : मङ्गलबार, पुष १४, २०७७११:०९

यी हुन् साउथ फिल्म इन्डस्ट्रीको सबैभन्दा महँगो हिरोइन !