डिसेम्बर २२ मा रियल भालाडोलिड विरुद्धको खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले स्पेनिस महारथीका लागि ६४४ औं गोल गरे। यसको मतलब मेस्सी अब फुटबल इतिहासमा एउटा क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले पेलेले सान्तोसको लागि गरेको ६४३ गोलको रेकर्ड तोडेका हुन्।
यो रेकर्डसँगै एक प्रश्न उठेको छ: के बार्सिलोनाका कप्तान फुटबल इतिहास कै उत्कृष्ट गोलकर्ता हुन् ?
विश्वभरका धेरै फुटबल फ्यानहरूको लागि मेस्सीलाई फुटबल इतिहास कै उत्कृष्ट गोलकर्ता मान्नको लागि थुप्रै तथ्यांक छन्। मेस्सीले २०१२ मा एक वर्षमा ९१ गोलका साथसाथै २०१२/१३ ला-लिगा सत्रमा ५० गोल गर्दै आश्चर्यजनक प्रदर्शन गरे।
एक अध्ययनका अनुसार सक्रिय खेलाडीहरूमा युरोपको शीर्ष पाँच लिगमा १०० वा सो भन्दा बढी गोल गर्ने खेलाडी मध्ये “गैर-पेनल्टी गोलहरू-प्रति-खेल” अनुपातमा मेस्सी शिर्ष स्थानमा पर्छन्।
अर्जेन्टिनी लेजेण्डको प्रति खेल औसत गोल प्रथम स्थानमा छ भने दोस्रो स्थानमा रोबर्ट लेवन्डोव्स्की छन्। मेस्सीका चिर-प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डो भने चौंथो स्थानमा छन्। पूर्व बार्सिलोना स्ट्राइकर लुइस सुआरेज तेस्रो स्थानमा रहेका छन्।
सर्वश्रेष्ठ गैर-पेनल्टी गोल-प्रति-खेल अनुपातका आधारमा टप १६ खेलाडीहरू