४५ पार गरिसकेकी यी अभिनेत्री फिटनेस र सुन्दरतामा दिन सक्छन् नयाँ अभिनेत्रीलाई मात !

अहिलेको समयमा कैयौँ यस्तो अभिनेत्री छन् जो सुन्दरता र फिटनेसको मामलामा सबैभन्दा अगाडी छन्।  तर केही वर्ष पुरानो अभिनेत्रीको बारेमा कुरा गर्दा केही अभिनेत्री यस्ता पनि छन् जो ४५ वर्ष काटेर पनि जवान छन्। थाहा पाउनुहोस् ४ यस्ता अभिनेत्रीको बारेमा !

शिल्पा शेट्टी

शिल्पा शेट्टी फिटनेसको मामलामा सबैभन्दा टपमा छिन्। ९० को दशकमा कैयौं सफल फिल्ममा काम गरिसकेकी अभिनेत्री शिल्पा शेट्टी फिटनेसको साथसाथै सुन्दरताको कारण पनि चिनिन्छ। शिल्पालाई देखेर पत्ता लगाउन गाह्रो हुन्छ कि उनी ४५ वर्षकी हुन्। उनी फिटनेसलाई लिएर निकै जागरूक रहेकी छन्।  उनलाई सोशल मिडियामा कैयौँ पटक योगा गर्दै गरेको देख्न सक्छौ। उनलाई पहिला भन्दा अहिले धेरै सुन्दर देखिन्छ। शिल्पा शेट्टीको जन्म ८ जुन १९७५ मा कर्नाटकको म्याङ्लोरमा भएको थियो। २००९ मा शिल्पाले बिजनेसम्यान राज कुंद्रासँग बिहे गरेकी थिइन्। अहिले दुवैको एउटा छोरा  विवान रहेको छ।

सुष्मिता सेन

सुष्मिता सेनको जन्म १९ नोवेम्बर १९७५ मा हैदराबादमा भएको थियो। उनी ४५ वर्षकी हुन्।  सुष्मिता सेनलाई देखेर उनी ४५ वर्षको जस्तो देखिदैन।सुन्दरता र फिटनेस दुवैमा अब्बल रहेकी छन्। सुष्मिता सेन ९० दशकको टप अभिनेत्री हुन्। उनको कैयौँ पटक  जिममा  पसीना बहाएको फोटो देख्न सक्छौ। उनी आफ्नो फ्यानलाई फिटनेसको  टिप्स दिईरहन्छिन्। ४५ वर्षको उमेरमा पनि सुष्मिता सेन अविवाहित छिन्। उनले अहिलेसम्म बिहे गरेकी छैनन्। यद्यपी उनी दुई छोरीको आमा  हुन्। उनले एक छोरी सन् २००० मा एडप्ट गरेकी हुन् भने दोस्रो छोरीलाई २०१० मा एडप्ट गरेकी हुन्। उनी आफ्नो दुइटै छोरीसँग बस्छिन्। उनी आआफ्नो उमेरभन्दा १६ वर्ष सानो आफ्नो ब्वायफ्रेन्ड  रोहमन शललाई लिएर चर्चामा रहन्छिन्।

मलाइका अरोडा

मलाइका अरोडा फिटनेसको मामलामा निकै अगाडी छिन। ४७ वर्षको उमेरमा पनि उनी आफ्नो फिगरले लाखौँको मन जित्न सफल छिन्। अभिनेत्री मलाइका प्राय जिममा  पसीना बहाईरहन्छिन्। उनको फोटो र भिडियो सोशल मीडियामा चर्चामा रहन्छ। साथै उनी योगा पनि गर्छिन्।४७ वर्षको उमेरमा पनि उनी जवान देखिन्छिन्।  छैया-छैया गीतबाट खास पहिचान बनाउने मलाइका अरोडाको  जन्म २३ अक्टुबर १९७३ मा भएको थियो। मलाइका अरोडाले पहिला अरबाज खानसँग बिहे गरेकी थिइन्। अरबाजलाई डिभोर्स दिएर उनी अहिले अभिनेता अर्जुन कपूरसँग जोडिएको छ। दुवैले २०१८ सालमा आफ्नो सम्बन्ध स्वीकारेकी थिइन्। यी दुई प्राय सोशल मिडियामा चर्चामा रहन्छन्।

माधुरी दीक्षित

माधुरी दीक्षितलाई हिन्दी सिनेमाको सबैभन्दा सुन्दर र सफल अभिनेत्रीको रुपमा चिनिन्छ। माधुरी दीक्षित ५३ वर्षकी भईसकेकी छन्।  उनलाई देखेर उनी ५३ वर्षको हो भनेर पत्ता लगाउन गार्हो हुन्छ। ९० को दशकमा आफ्नो प्रस्तुतीले फिदा बनाउने माधुरी यस उमेरमा पनि आफुलाई फिट राख्छिन्। माधुरी दीक्षितको जन्म १५ मे १९६७ मा महाराष्ट्रको राजधानी मुम्बईमा भएको थियो। माधुरी दीक्षितले १९९९ मा डा. श्री राम नैनेसँग बिहे गरेकी थिइन्। उनको दुईटा छोरा एरिन र रियानको माता-पिता हुन्।

प्रकाशित : शुक्रबार, पुष १७, २०७७१२:५४

धमला पत्नी एलिजा गौतमले जितिन् ‘बेस्ट पपुलर मोडल’ २०७७ को अवार्ड