काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। स्वास्थ्यमा समस्या देखिएपछि दाहाललाई बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।
दाहाललाई बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी तथा प्रचण्डको सचिवालय सदस्य गंगा दाहालले जानकारी गराएकी छन्। दाहाल लामो समयदेखि विभिन्न रोगबाट ग्रसित रहेकी छन्।
“मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी”,आफ्नी आमालाई अस्पताल भर्ना गरिएको बारे जानकारी गराउँदै फेसबुकमा दाहालले लेखेकी छन्।
मम्मीको उपचारको क्रममा हस्पिटल, शिघ्र स्वास्थ्य लाभको कामना मम्मी😔🙏❤️
Posted by Ganga Dahal on Tuesday, December 29, 2020