एजेन्सी – हावामै फ्रोजन भएको नूडल्स र अण्डाको तस्विर यति बेला सामाजिक संजाल र मिडियामा भाइरल छ। उत्तरी गोलार्धमा बस्ने मानिसहरूले जाडो मौसममा कस्तो अनुभाव गरिरहेका छन् र कसरी जीवन बिताइरहेका छन् भन्ने देखाउने उक्त तस्विरले धेरैलाई चकित पनि पारेको छ।
सामाजिक संजालमा भाइरल भएको उक्त तस्विर खिच्ने साइबेरियाका ट्विटर प्रयोगकर्ता ‘ओलेग’ हुन्। ओलेगले तस्विर गत सोमबार आफ्नो गृहनगर नोभोसिबिर्स्कमा खिचेका थिए।
विश्वकै धेरै चिसो हुने ठाउँ मध्ये एक रहेको नोभोसिबिर्स्कमा त्यसदिन तापक्रम माइनस ४५ डिग्री सेल्सियस(-४५°C) थियो। तस्विर सार्वजनिक गर्दै ओलेगले आफूहरुको ठाउँमा तामक्रम धेरै नै न्यून रहेको र तापक्रममा ठूलो उतारचढाव हुने गरेको बताएका थिए।
“आज मेरो गृहनगर नोभोसिबिर्स्क, साइबेरियामा तापक्रम माइनस ४५ डिग्री सेल्सियस(-४५°C) छ।”,तस्विर सार्वजनिक गर्दै ट्वीटरमा उनले लेखेका थिए।
Today it's -45C (-49F) in my hometown Novodibirsk, Siberia. pic.twitter.com/EGxyrRqdE2
— Oleg (@olegsvn) December 27, 2020
तस्विर भाइरल भएपश्चात ट्वीटमा थप जानकारी दिँदै साइबेरियाको मोसनमा धेरै उतारचढाव हुने जानकारी गराएका छन्। उनका अनुसार एक दिन अगाडी ४५ डिग्री सेल्सियस(-४५°C)रहेको तापक्रम बढेर अर्को दिन ४ डिग्री सेल्सियस र अर्को दिन १२ डिग्री सेल्सियस पुगेको थियो। त्यसको केहि दिन बित्न नपाउँदै तापक्रम माइनस २३मा झरेको उनको भनाई छ।
विश्वभर साइबेरिया मुख्यत: लामो, कठोर जाडोका लागि प्रख्यात छ। त्यहाँ जनवरी महिनाको औसत तापक्रम माइनस २५ डिग्री सेल्सियस बराबर हुन्छ। विश्वकै चिसो शहर साइबेरियामै छ। त्यहाँको याकुत्स्कलाई विश्वकै सबै भन्दा चिसो शहरको रुपमा लिने गरिन्छ।