सत्ताको र्‍याल काढिरहेका देउवा माथि बाबुरामले गरे यस्ता प्रश्न !

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ‘कू’लाई साथ दिने जुनै पनि नेताले इतिहासको कठघरामा उभिएर उत्तर दिनुपर्ने बताएका छन्।

ओलीले संसद विघटन गरेको विषयलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मौन समर्थन गरिरहेको प्रतित भइरहेका बेला भट्टराईले ट्वीटर मार्फत यस्तो बताएका हुन्।

संसद विघटन गरेर निर्वाचनमा जाने ओलीको निर्णयलाई देउवाले भित्र-भित्रै समर्थन गरेको चर्चा केहि समय देखि चलिरहेको छ। उक्त विषयमा नेपाली कांग्रेसनै दुई कित्तामा विभाजित भएको कुराहरु सतहमै आएका छन्।

केहि दिन अगाडी मात्रै देउवाले संसद विघटनको विषयमा अदालतले गने निर्णय आफूलाई मान्य हुने बताएका थिए। ओलीको कदम विरुद्ध कांग्रेसका सभापति नै नरम भएपश्चात पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले देउवाको नाम उल्लेख नगरी विभिन्न प्रश्नहरु तेर्स्याएका छन्।

अदालतले ओलीको कूलाई सदर गरेको खण्डमा ओलीले चुनाव गरेनन् भने के गर्ने, संकटकाल घोषणा गरेर संविधानका बाँकी भाग च्यात्ने कार्य भयो र रक्षा खतराको नाउँमा विदेशी हस्तक्षेप भयो भने के गर्ने भन्ने भट्टराईको प्रश्न छ।

“ओली कूको गम्भीर राजनीतिक मुद्दालाई अदालतमा छाडेर सत्ताको र्‍याल काढ्ने दल/नेताले इतिहासको कठघरामा यी प्रश्नको जवाफ अवश्य दिनुपर्नेछ- अदालतले ओलीको कूलाई सदर गर्‍यो; ओलीले चुनाव गराएनन्; संकटकाल घोषणा गरेर संविधानका बाँकी भाग च्याते; सुरक्षा खतराको नाउँमा विदेशी हस्तक्षेप भयो… अनि ?”,भट्टराईले ट्वीट गर्दै प्रश्न गरेका छन्।

प्रकाशित : शनिबार, पुष १८, २०७७११:२७

गुडिरहेकै मोटरसाइकलबाटै महिलालाई बाघले थुतेर लग्यो !