काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक महिलालाई बाघले थुतेर लगेको छ। । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गुडिरहेको एक मोटरसाइकलबाटै एक महिलालाई बाघले थुतेर लगेको हो।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट कैलालीको लम्किचुहा नगरपालिका ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै थुतेर लगेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
प्रहरीका अनुसार घटना शुक्रबार राति १० बजे आसपासको हो। घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तर्गत निकुञ्जभित्र पर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्टभन्दा करिब ५-६ किलोमिटर पश्चिममा रहेको जिल्ला प्रहरी प्रवक्ता खड्काले जानकारी दिए।
सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाइकल थापाका २२ वर्षीय छोरा सन्तोष थापाले चलाइरहेका थिए। आमा-छोरा भुरीगाउँबाट चिसापानीतर्फ जाँदै गरेको अवस्थामा बाघले आ’क्रम’ण गरेको बताइएको छ।
बाघले आमालाई एक्कासी थुतेर लगेपछि सन्तोष तत्काल निकुञ्जका सुरक्षाकर्मीकोमा पुगेका थिए। बाघको आ’क्रम’णबाट सन्तोषलाई समेत सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
प्रवक्ता डिएसपी योगेन्द्र खड्काका अनुसार महिलाको अवस्था अहिले सम्म अज्ञात छ।