काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको घरमा आगो लगाइएको बताएका छन्। आइतबार बिहान एक ट्वीट गर्दै दु:ख गरी बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घरमा झगडाले आगो लागेको बताएका हुन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद र अन्तरकलहले संसद विघटन गराएको अवस्था प्रति लक्षित गर्दै भट्टराईले यस्तो टिप्पणी गरेको बुझिएको छ।
भट्टराईले संसद विघटनलाई ‘आगो लगाएको’ भनेका छन्। आफूले जिन्दगीभर मिहिनेत गरेर स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेको भट्टराईको भनाई छ।
“एक आर्किटेक्टको अनुभूति:जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो। सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए।”,भट्टराईले ट्वीट गर्दै भनेका छन्।
संसद विघटन भएको विषयमा प्रमुख प्रतिपक्षि नेपाली कांग्रेस समेत नरम बनेको अवस्थालाई लक्षित गर्दै भट्टराईले छिमेकि पनि रमिते बनेको आरोप लगाएका छन्।
केहि व्यक्तिहरु आगो निभाउने भन्दा पनि खरानीको लागि दौडिरहेको भट्टराईको आरोप छ। साथै भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको घरमा लागेको आगो निभाउन सबैमा आह्वान समेत गरेका छन्।
भट्टराईले ट्वीट गर्दै भनेका छन्,”केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिँदैछन्। छिमेकी रमिते! लौन आगो निभाऊॅ”
यस्तो छ भट्टराईको ट्वीट –
एक आर्किटेक्टको अनुभूति:जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो। सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए। केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिँदैछन्। छिमेकी रमिते! लौन आगो निभाऊॅ!
एक आर्किटेक्टको अनुभूति:जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो!सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो।केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए!केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन्।छिमेकी रमिते! ळौन आगो निभाऊॅ!
— Baburam Bhattarai (@brb1954) January 3, 2021