पश्चिमी वायुको प्रभावले मौसममा बदली, हिउँ र पानी पर्ने !

काठमाडौँ — पश्चिमी वायुको प्रभावले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

पश्चिमी वायुको प्रभावले आइतबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ ।

हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १ र २ मा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव तीन र अधिकतम तापक्रम १८ दशमलव चार डिग्री सेल्सियस छ । त्यस्तै आइतबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव शून्य र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री सेल्सियस छ ।

कस्तो रहला आगामी तीन दिनको मौसम ?

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १९ गते (आईतबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको साथै सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनि र गण्डकि प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

पौष २० गते (सोमबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र बाग्मति प्रदेशका उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र बाग्मति प्रदेशका उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

पौष २१ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम , कर्णाली, गण्डकी , बाग्मति प्रदेश तथा प्रदेश नं १ का उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भू-भागहरुका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम , कर्णाली, गण्डकी , बाग्मति प्रदेश तथा प्रदेश नं १ का उच्च हिमाली भू-भागमा हल्का हिमपातको साथै सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरु हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

तापक्रममा कमि साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकि प्रदेशमा हल्का देखि मध्यम बर्षा हुने र त्येस क्षेत्रमा अझ चिसो बढ्ने हुनाले चिसोबाट बच्न तथा तराई / पहाडी भू-भागका केही स्थानहरुमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रकाशित : आइतबार, पुष १९, २०७७११:५७

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेलाई कारवाही गर्ने गृहमन्त्रीको घोषणा !