एजेन्सी – वास्तुशास्त्र अनुसार उत्तर दिशामा सुगाको तस्वीर लगाउनाले पढाइमा बच्चाको रुचि बढ्ने गर्दछ साथै उनीहरुको स्मरण क्षमतामा पनि वृद्धि हुने गर्दछ । यो कुरा प्राय सबैलाई थाहै होला तर सुगा सम्बन्धित् केही यस्तो तथ्य छ जुन सबैलाई थाहा नहुन सक्छ ।
* सुगा प्रेम, वफादारी, लामो आयु र सौभाग्यको प्रतीक हुने गर्दछ ।
* यदि तपाई घरमा बीमारी, निराशा, दरिद्रता र सुखको अभाव महसूस गरिरहनु हुन्छ भने सुगाको तस्वीर वा चित्र या मूर्ति घरमा स्थापित गर्नुहोस् ।
* पति र पत्नीमा प्रेम सम्बन्ध स्थापित गर्नको लागी पनि फेंगशुई शास्त्र अनुसार घरमा सुगाको तस्वीरलाई स्थापित गर्ने गरिन्छ ।
* फेंगशुई अनुसार सुगाले ५ तत्वको सन्तुलन स्थापित गर्न मद्दत गर्ने गर्दछ । सुगाँको रंगी -बिरंगी प्वाख वास्तवमा पृथ्वी, अग्नि, जल, काठ र धातुको प्रतीक हो । यदि घरमा यी मध्य कुनैपनि तत्वको कमी रहेको छ भने यसले यो समस्यालाई समाधान गर्ने गर्दछ ।
सावधानी : धेरैजसो मानिसहरु पिजडामा लोग पिंजरामा सुगा पाल्ने गर्दछन् तर यसरी सुगालाई पाल्नु निकै गलत हो । रातो किताब अनुसार कुण्डलीको विश्लेषण गरेर धेरैजसो मानिसहरुलाई सुगा नपाल्नको लागी सुझाव दिईन्छ । यदि तपाईले पनि सुगालाई पिंजरामा राखेर पाल्नुहुन्छ भने तपाइको दुर्भाग्य र बर्बादीको कारण त्यहिँ सुगा बन्न सक्छ । पालिएका सुगा यदि खुशी छैन भने त्यसले दिनहुँ तपाईलाई सराप्ने गर्दछ ।
वास्तवमा सुगाहरुमा स्मरण शक्ति निकै धेरै हुने गर्दछ । यस्तोमा यदि तपाई घरमा दिनहुँ गाली-गलौच या झगडा गरिरहनु हुन्छ भने सुगा पनि यसै प्रकारको व्यवहार गर्नेछ । जसबाट तपाइको घरमा नकारात्मक ऊर्जाको स्थायी निर्माण हुनेछ । यस प्रकार सुगा पाल्नु शुभको साथ अशुभ पनि रहेको छ । सुगा पाल्नुको सट्टा यसको तस्वीर घरमा राखे शुभ फल प्राप्त गर्न सकिने विश्वास रहेको छ ।